Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी ४४१ सदस्यीय केन्द्रीय समिति हुने, भागबण्डामा कसलाई कति ?

२०७५, २ जेष्ठ बुधबार १४:२३

जेठ २, काठमाडौं । एमाले-माओवादी एकता पछि ४४१ सदस्यीय केन्द्रीय समिति हुने भएको छ । जसमा भागबण्डामा एमालेले बहुमत सदस्य २४१ राखेको छ भने माओवादीले २०० सदस्य पाउने भएको छ । 

त्यस्तै ४३ सदस्यीय स्थायी कमिटी रहने भएको छ जसमा एमालेबाट २५ जना रहनेछन भने माओवादीबाट १८ जना रहने छन् । त्यस्तै बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।

भोली मदन भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको र दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको माओवादी उच्च स्रोतले बताएको छ । सम्भव भए भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको छ ।

आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो  । 

पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीमा जुटेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित