2026-09-29 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न प्रधानमन्त्री बालेन शाहलाई चेतावनी दिएका छन् । गत जेठ १७ गते संघीय संसद्को प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति देशद्रोही र राष्ट्रघाती भएको ओलीले बताए । बुधबारदेखि काठमाडौँमा शुरू भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी नबोल्न चेतावनी दिएका हुन्।

‘नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा ?’, उनले भने, ‘बालेनले देशद्रोही अभिव्यक्ति दिए । यो भन्दा देशको हितविपरीतको कुरा के हुन्छ ? म चेतावनी दिन चाहन्छु, प्रधानमन्त्री जस्तो मान्छे जथाभावी बोल्दै, केटाकेटी जस्तो व्यवहार गर्दै नहिँडून ।’

ओलीले बालेन संसद्नको नियमवालीसमेत पालना नगरी अचानक आएर बोल्छु भन्दै राष्ट्रघाती कुरा गरेको पनि बताए । उनले बालेनको त्यो हर्कत कुनै हालतमा मान्य नहुने पनि उनले बताए । अध्यक्ष ओलीले अरु देशलाई आफ्नो सीमा विवादमा जोड्न जरुरी नभएको पनि स्पष्ट पारे । बालेनले भारतसँगको सीमा विवादमा बेलायत सरकारलाई तेस्रो पक्षका रुपमा खबर गरिएको बताएपछि ओलीले त्यसको कडा विरोध गरेका हुन् । बालेनले देशहितविपरीत बोलेको कुरालाई समर्थन गर्नेहरूलाई पनि मासुभातको संज्ञा दिए ।

‘हामीलाई केही समय अघिसम्म मासुभात भन्दै सार्वजनिक रुपमा बेइज्जती र अपमान गरिन्थ्यो’, उनले भने, ‘तर अहिले बालेनले राष्ट्रघाती कुरा गर्दा पनि त्यसलाई भासुभातभन्दा चर्को शैलीमा समर्थन गरिँदैछ । यो त मासुभात पनि माथ खुवाउने शैली भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री