2026-10-19 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न प्रधानमन्त्री बालेन शाहलाई चेतावनी दिएका छन् । गत जेठ १७ गते संघीय संसद्को प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति देशद्रोही र राष्ट्रघाती भएको ओलीले बताए । बुधबारदेखि काठमाडौँमा शुरू भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी नबोल्न चेतावनी दिएका हुन्।

‘नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा ?’, उनले भने, ‘बालेनले देशद्रोही अभिव्यक्ति दिए । यो भन्दा देशको हितविपरीतको कुरा के हुन्छ ? म चेतावनी दिन चाहन्छु, प्रधानमन्त्री जस्तो मान्छे जथाभावी बोल्दै, केटाकेटी जस्तो व्यवहार गर्दै नहिँडून ।’

ओलीले बालेन संसद्नको नियमवालीसमेत पालना नगरी अचानक आएर बोल्छु भन्दै राष्ट्रघाती कुरा गरेको पनि बताए । उनले बालेनको त्यो हर्कत कुनै हालतमा मान्य नहुने पनि उनले बताए । अध्यक्ष ओलीले अरु देशलाई आफ्नो सीमा विवादमा जोड्न जरुरी नभएको पनि स्पष्ट पारे । बालेनले भारतसँगको सीमा विवादमा बेलायत सरकारलाई तेस्रो पक्षका रुपमा खबर गरिएको बताएपछि ओलीले त्यसको कडा विरोध गरेका हुन् । बालेनले देशहितविपरीत बोलेको कुरालाई समर्थन गर्नेहरूलाई पनि मासुभातको संज्ञा दिए ।

‘हामीलाई केही समय अघिसम्म मासुभात भन्दै सार्वजनिक रुपमा बेइज्जती र अपमान गरिन्थ्यो’, उनले भने, ‘तर अहिले बालेनले राष्ट्रघाती कुरा गर्दा पनि त्यसलाई भासुभातभन्दा चर्को शैलीमा समर्थन गरिँदैछ । यो त मासुभात पनि माथ खुवाउने शैली भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ