२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान र श्रीमतीको एकै राशी भएमा के हुन्छ ?

२०७५, ३ जेष्ठ बिहीबार ०८:१५

ज्योतिष शास्त्रको अनुसार बाह्र राशी हुन्छ | सबै राशिको फरक-फरक ग्रह हुन्छ जुन चाहिँ मान्छेको स्वभाव अनुसार आधारित हुन्छ | विवाह जस्तो पवित्र कार्यमा पनि राशीले ठुलो भूमिका खेलेको हुन्छ | दुई व्यक्तिको फरक र एकै किसिमको  राशीले विवाहमा ठुलो भूमिका खेलेको हुन्छ | विवाह पछिको जीवन सुखमय हुन्छ कि हुँदैन भन्ने कुरा धेरै हदसम्म  राशीले पनि निर्घारित गरेको हुन्छ | तल पढ्नुहोस्ए एकै राशी हुनेहरुको वैवाहिक जीवन यस्तो हुन्छ  -

मेष र मेष (ग्रह – मंगल)

यो राशीको व्यक्तिहरु धेरै मेहेनती हुन्छन् | दुबै श्रीमान् र श्रीमती मेष राशिको भयो भने जीवन सुखमै रहन्छ | 

बृष र बृष (ग्रह – शुक्र)

मायाँको प्रतिक मानिने यो जोडीमा धेरै मायाँ हुन्छ | उनीहरुको दाम्पत्य जीवन सुखमै बित्छ |

मिथुन र मिथुन (ग्रह – बुध)


यो राशिको मान्छेमा धेरै शंका र चिन्तन गर्ने बानी हुन्छ | त्यहि कारणले गर्दा दुबै बीचमा कहिलै पनि शान्ति हुदैन | त्यसैले यो राशि हुनेहरुले आफ्नो लागि अर्कै राशिको जीवनसाथी खोज्दा निकै लाभदायक हुन्छ | 

कर्कट र कर्कट (ग्रह – चन्द्रमा )


यो एकै राशि भएका जोडीहरु बिचमा धेरै झगडा हुन्छ | साथै चिन्तन गर्ने बानीले गर्दा बादविवाद पनि बढी हुन्छ | त्यसैले ज्योतिसहरुले यी एकै राशि भएकाहरुको बैबाहिक जीवन सुखमयी नहुने दावी गर्छन | 

सिंह र सिंह (ग्रह – सूर्य)


यी एकै राशि हुने जोडीहरुबीच कहिलेकहिँ झगडा हुनसक्छ तर वैवाहिक जीवन भने सुखी नै रहनेछ | त्यसो त लोग्नेस्वास्नीको झगडा हुन्छ नै तर एक-अर्काप्रति बुझ्नेले आपसमा झगडा भए पनि केहि समयमा मिलिहाल्छन | 

कन्या र कन्या(ग्रह – बुध)


यो राशिका जोडीहरु एक अर्काको आवस्यकता पुरा गर्न नसकेर दुबै बिच असन्तुष्टि व्यक्त गर्छन | यस्तो जोडीले आफ्नो सन्तुष्टि पुरा गर्न आफ्नो जीवनसाथी भन्दा अरुलाई ध्यान दिने गरेको ज्योतिसहरुको दावी छ | 

तुला र  तुला (ग्रह – शुक्र)


तुला राशि-राशि बीच बैबाहिक जीवन भयो भने दुबैजनाको जीवन सुखमै बित्छ | यिनीहरु सामान्य हुने हुनाले यिनीहरुले एकअर्काप्रति सन्तुष्ट हुन्छन | 

बृश्चिक र बृश्चिक (ग्रह – मंगल)


यो राशिको दाम्पत्य बिच सधै विवाद रहन्छ | सधै चिन्ता र तनाव सामना गर्नुपर्ने हुन्छ | त्यसैले ज्योतिसहरु यी दुईराशि एकै भएकाहरुसँग बिबाहको लागि राम्रो मान्दैनन | 

धनु र  धनु (ग्रह – गुरु)


यो राशिको जोडीको जीवन सुखमै बित्छ | 

मकर र मकर (ग्रह – शनि)


यो राशीको दाम्पत्य जीवन सफल रहनेछ |

कुम्भ र कुम्भ (ग्रह – शनि)


यो राशिको मान्छेहरु मेहेनती हुन्छ | दुबैजनाको जीवन सुखमै रहनेछ | मेहेनती हुने हुनाले यिनीहरुको जीवनमा धनधान्यले साथ दिन्छ भने त्यसैको उपभोगले उनीहरु सुखी र खुसि हुन्छन | 

मीन र  मीन (ग्रह – गुरु)


मीन राशी भएको दाम्पतिको जीवन पनि सुख रहने ज्योतिसहरुको दावी छ |

अन्तमा यो पनि: 

हामीले हाम्रो जीवन सुखी बनाउने धेरै तरिका छन् | राशि मिल्दैमा एक-अर्काप्रति गरिने ब्यबहारनै राम्रो छैन, एक अर्काले गर्नुपर्ने ख्यालनै छैन र एक अर्कोप्रति मायाँभावनै राख्दैन भने कुनै पनि बैबाहिक जीवन सफल हुँदैन तर स्वभावले पनि धेरै कुरा दर्शाउने हुँदा ज्योतिसहरुले भनेका कतिपय कुराहरु मिल्ने गरेका छन् |

परिवार बनाउन त्यस परिवार भित्रको समझदारी अत्यन्त महत्वपूर्ण मानिने हुँदा आफ्नो वैवाहिक जीवन सफल पार्न एक अर्कोप्रति उत्तरदायी हुनुस् | आफूले गरेको ब्यबहार राम्रो जस्तो लागेन भने माफी माग्नुस र आफुले गरेको ब्यबहार सच्याउने प्रयास गर्नुस् | आफ्नो जीवन साथीलाई नराम्रो लाग्ने कुराबाट सकेसम्म टाढा रहनुस् | तब जीवन सुखी रहन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा