८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र माओवादी पार्टी विघटन गर्न छुट्टाछुट्टै बैठक, पार्टी एकतामा प्रचण्डकै साइत

३ जेष्ठ २०७५, बिहीबार ०८:४०

जेठ ३, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता आज हुँदैछ, यसअघि एकताको लागि एकीकृत पार्टीको विधान अनुमोदन भएको छ । 

एकता संयोजन समितिको बैठकले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेर विधान अनुमोदन गरेको हो ।

दुई पार्टीबीच आजै एकता हुने भएकाले दुवै पार्टी एमाले र माओवादी पार्टी विघटनका लागि छुट्टाछुट्टै केन्दूीय समितिको बैठक बसेको छ ।

एमालेको बैठक बालुवाटारमा बसेको छ भने माओवादी केन्द्रको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको छ । दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर आज बेलुका नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ । 


यस अघि आज विहानै मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मदन आश्रति स्मृति दिवसकै दिन पार्टी एकता गर्ने प्रस्ताव आफ्नै रहेको प्रचण्डले खुलाशा गरेका थिए । उनको अभिव्यक्तिसँगै प्रचण्डले बुधबार अघिनै पार्टी एकताको लागि उपयुक्त  साइत कुरेको बुझिएको छ । कतिपयले प्रचण्डले आजको साइत हेर्नुलाई अर्थपूर्ण र एमालेको मन जित्ने उपयुक्त दिन रोजेको भन्दै टिप्पणी गरेका छन् । 

प्रचन्डले आज साँझ मदनको स्मृतिमा दीप प्रज्वलन समेत गर्ने भएका छन् । आज पार्टी एकीकरणको कार्यक्रम सकेर प्रचण्ड कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा पुग्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी