१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले माओबादी एकता बारे डा.बाबुराम भट्टराईको पहिलो टिप्पणी

३ जेष्ठ २०७५, बिहीबार १२:०१

जेठ ३, काठमाडौं । देशका दुई ठूला कम्युनिस्ट पार्टी, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर  नेपाल कम्युनिस्ट पार्टी बनेको छ ।नेपाल कम्युनिस्ट पार्टी बनेपछि तत्कालीन माओबादी केन्द्रका उपाध्य्क्ष रहेका बाबुराम भट्टराईले मार्क्सीय दर्शनमा आधारित वैकल्पिक राजनीतिक आन्दोलनको एक अभियन्ताको नाताले भन्दै सामाजिक संजालामा पहिलो टिप्पणी व्यक्त गरेका छन् । उनले गरेको टिप्पणी यस्तो छ :

नेपालका दुइ प्रमुख 'कम्युनिष्ट' घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय हो।यसलाई कसैले पनि केही हैन भनेर नकार्न मिल्दैन। यो विषयमा आगामी केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा हुने नै छ। 

० एउटै विचार, नीति , कार्यक्रम, संगठनात्मक प्रणाली, कार्यशैली अंगिकार गर्ने पार्टीहरू वीच एकता हुनु राम्रो कुरा हो।त्यस अर्थमा 'कम्युनिष्ट' शब्दप्रति ऐतिहासिक कारणले नेपाली जनता र कार्यकर्ताको ठुलो हिस्सामा आकर्षण बाँकी रहेकाले आफुलाई कम्युनिष्ट पार्टी भने पनि ब्यबहारमा राज्य पुँजीवाद/ क्रोनी क्यापिटालीज्मलाई अपनाइसकेका ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी राजनीतिक वर्चस्वकालागि आपसमा विलय हुनु स्वाभाविक हो।


२०५२ साल अघिदेखि नै राजतन्त्र अन्तर्गत जबजको नाउँमा त्यो बाटो समातीसकेको एमाले र त्यसका विरूद्ध दशवर्षे जनयुद्ध संचालन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेल्ने माओवादी वीच अहिले मूलत: एमालेकै राजनीतिक कार्यदिशा र वर्चस्व अन्तर्गत एकीकरण हुनु चाहिं विडम्वनापूर्ण कुरा हो। यसले मुख्यत: जनयुद्ध, मधेस/थारू आन्दोलन र जनजाति आन्दोलनको बलमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी/समानुपातिक लोकतन्त्रको रक्षा मर्जर पश्चात बनेको पार्टीले कसरी गर्ला भन्ने गम्भीर प्रश्न उठ्नेछ। ऐतिहासिक जनयुद्धको दशबर्षसम्म विपरित ध्रुवमा उभिएका र एकअर्कालाई सिध्याउने मनोविज्ञान बोकेका दुइ पक्षका नेताकार्यकर्ताको मिलन कसरी होला अर्को व्यवहारिक समस्या हुनेछ। कि त एमालेजनले जनयुद्धमा नलाग्नु र विरोध गर्नु गलत थियो भन्ने भित्री मनले स्वीकार्नु पर्यो कि प्रचण्ड माओवादीले जनयुद्ध गलत र अपराध थियो भनेर पश्चाताप गर्नुपर्यो! दुवै एकैसाथ सही कसरी हुनसक्छन् ?

० वैचारिक रूपले सबभन्दा गम्भीर समस्या शास्त्रीय मार्क्सवाद-लेनिनवाद-माओवादले परिभाषित गरेको दार्शनिक , राजनीतिक अर्थशास्त्रीय र वैज्ञानिक समाजवादका सिद्धान्त र मूल्यमान्यता परित्याग गर्ने तर 'कम्युनिष्ट पार्टी' को ब्यानर/ ब्राण्ड चाहिं समातिराख्ने कुराले ल्याउने असाध्य अन्तर्विरोध कसरी हल होला?

० यो स्थितिमा इमान्दारीपूर्वक विगतका उपलब्धीको रक्षा गर्दै आगामी दिनमा देशमा राष्ट्रिय औद्यौगिक पुँजीवादको विकास गर्दै समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादी विचार र पार्टीको निर्माणमा लाग्नु र त्यसनिम्ति वृहद राजनीतिक ध्रुवीकरण गर्नु उपयोगी र वस्तुवादी होला कि!

डा.बाबुराम भट्टराईको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह