२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज चेन्नईसँग बदला लिँदै दिल्ली, खेल्नु अघि सन्दिप सहित तश्विरमा यस्तो ट्विट

२०७५, ३ जेष्ठ बिहीबार २०:५३

जेठ ४, काठमाडौँ | आज बेलुका आइपिएल क्रिकेट अन्तर्गत दिल्लीले घरेलु मैदान फिरोजशाह कोटलामा चेन्नईसँग सामना  गर्दैछ । खेलमा जब दिल्ली डेयरडेविल्स उत्रिनेछ तब उसले आफ्नो सम्मानको लागि बचेको खेलको सामाना गर्नेछ । यस खेलमा दिल्लीले यस अघि चेन्नईसँगको हारको बदला समेत लिनेगरि खेल्नेछ । अन्यथा अन्तिम ४ भित्र परिसकेको चेन्नईले जितेमा प्ले-अफमा बलियो स्थिति बनाउनेछ ।

अहिलेसम्म दिल्लीको टिम १२ खेलमा मात्र ३ खेल जितेको छ भने चेन्नईको टिम १२ खेलमा ८ खेल जितेर आइपिएल अंक तालिकामा दोश्रो स्थानमा छ | आइपिएलमा अन्तिम ४ मा पुग्ने सम्भावना गुमाईसकेको दिल्लीका लागि आजको खेल त्यति महत्वपूर्ण नभएपनि आइपिएलमा उसको सम्मानजनक स्कोरको लागि पनि उसले आज चेन्नईलाई हराउने सक्दो प्रयास गर्नेछ | 

उसो त दिल्लीको टीम यस पटकको आइपिएलमा मात्र तीन टिमलाई एक/एक पटक पराजित गर्न सफल भएको छ | दिल्लीले पहिले मुम्बई, त्यसपछि कोलकाता र त्यसपछि राजस्थान रोयल्समाथि उसले १/१ जित हासिल गरेको छ । चेन्नईबिरुद्ध भएको यसअघिको खेलमा दिल्लीले हार्नुपरेको थियो । चेन्नई बिरुद्ध दिल्लीले हालसम्म भएको १७ खेलमा मात्र ५ पटक जितेको रेकर्ड छ । दिल्लीको लागि राम्रो कुरा के छ भने अहिले उसले खेलबाट निकै राम्रो राम्रो युवा खेलाडीलाई आजको खेलमा उतार्दैछ । दिल्लीको लागि पन्त, पृथ्वी शाव, श्रेयस अय्यर, आवेश खान र अभिषेक शर्माले चेन्नई बिरुद्धको आजको खेल जिताउने विश्वास गरिएको छ । 

यदी कुरा चेन्नईको गर्ने हो भने उसैमा पनि ८ खेल जितेर चेन्नई आइपिएलकै दोश्रो स्थानमा छ । त्यसमा पनि ख्यातीप्राप्त कप्तान महेन्द्र सिंह धोनीको टिम हो चेन्नई । उसले अबका दुवै खेल जित्न सके च्याम्पियन समेत हुनसक्ने फर्ममा उसको खेल अगाडी बढीरहेको छ । 

आजको खेल चेन्नई र दिल्लीबीच दिल्लीको घरेलु मैदानमा हुने हुँदा दिल्लीले चेन्नईलाई जित्न सक्ने आधार छन्, दिल्लीले आफ्नै मैदानको कारण सम्मानजनक स्कोर जम्मा गरेको अवस्था छ । त्यस्तै मौसमको प्रभाव पनि यसमा दिल्लीलाई नै साथ दिने बताइएको छ । यहाँ दिनको समयमा चर्को घाम लाग्छ । खेल सुरु हुँदासम्म मौषम खेलका लागि निकै राम्रो हुन्छ । यदी अचानक तूफानको अवस्था नआएमा खेल निकै रोमान्चित हुने कुरा दिल्लीले लेखेको छ ।

आजको खेल नेपालीका लागि पनि निकै महत्वको हुनेछ । बिहिबार बेलुका ट्विटमार्फत नेपाली क्रिकेटर सन्दिप लामिछानेसहित ४ जना युवाहरुको तश्विर पोष्ट गर्दै दिल्लीले चेन्नईबिरुद्ध पुरानो हिसाब-किताब चुक्ता गर्ने लक्ष्यसहित मैदानमा उत्रिने कुरा उल्लेख गरेको छ । त्यसो त यस अघि रोयल च्यालेन्जर्स ब्यांग्लोरसँगको खेलमा सन्दिप लामिछानेले गरेको सबैभन्दा सम्मानजनक पर्दर्शनका कारण अबका खेलमा दिल्लीले सन्दिपलाई खेलाउने पक्का छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ