२७ फाल्गुन २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्यधिक थकान महसुस हुन्छ ? सावधान ! यस्ता गम्भीर रोगको संकेत हुन सक्छ

६ जेष्ठ २०७५, आईतवार ११:०४

टिप्स:- थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ को संकेत हुन सक्छ । यो रोगमा बिरामी सधैं आलस्य महसुस गर्छ । आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ । व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित या असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायो–साइकोलोजिकल कारणबाट यस्तो हुन सक्छ । यस्तो अवस्थामा दिनचर्या बदल्न, मनोवैज्ञानिक सल्लाह लिन, डाक्टरको सल्लाहमा औषधि लिनुका अलावा राम्रोसंग निद्रा पुर्याउनाले समस्या काफी हदसम्म ठीक हुन्छ । 

मुटुको रोगको खतरा

अनुसन्धानअनुसार हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिलेदेखि नै असामान्य थकान अनुभव हुन थाल्छ । पुरुषको तुलनामा महिलामा यो लक्षण बढी देखिन्छ । यसको रोकथामका लागि धूमपान र मदिराबाट टाढै रहने, सन्तुलित आहार लिने र ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज गर्ने गर्नुपर्छ । यसका साथै, कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम गराउनुपर्छ । यदि श्वास फुल्छ या कब्जियतको समस्या छ भने डाक्टरको सल्लाहमा सीटी स्क्यान या इकोकार्डियोग्राम गराउन सकिन्छ ।

कलेजोको समस्या

लगातार थकान महसुस हुन्छ भने कलेजोमा समस्या पनि हुन सक्छ । रगत लिँदा, कोकिन या त्यस्तै प्रकारका लागूऔषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना हुन सक्छ । यस्ता बिरामीलाई हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा पीडा हुने या रुघा लाग्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा लिभर फङसन टेस्ट गराउनुपर्छ ।

एनिमिया

आइरनको कमीमा पनि शरीरमा आलस्यपना आउन सक्छ । सामान्य अवस्थामा महिलामा महिनावारीमा, गर्भ रहेका बेला या स्तनपान गराएका बेला आइरनको कमी हुन्छ । यसमा छालाको रंग पहेलों हुन्छ । चिडचिडाहट र आलस्य हुन्छ, सुगरको स्तर पनि घट्छ । यद्यपि सुगरको लेभल डाइबिटिजमा पनि घटबढ हुन्छ । यस्तो अवस्थामा हिमोग्राम, हेमोग्लोबिन टेष्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङजस्ता परीक्षण गराउन सकिन्छ ।

थाइराइड

अधवैंशे उमेरका मानिसहरुमा खासगरी न्यून थाइराइडको समस्या बढी हुन्छ । थाइराइड ग्ल्याण्ड टी ४ र टी ३ जस्ता हार्मोन बनाउँछ र यो उमेरमा यो प्रक्रिया सुस्त हुन्छ । यद्यपि अन्य प्रक्रियाहरु पनि धिमा हुन्छ । यसैले यस्तो उमेरमा तौल बढ्ने, कब्जियत, छालामा रुखोपन या कपाल झर्ने समस्या हुन्छ । 

यस्तो समस्या हुँदा थाइराइड प्रोफाइल (टी ३, टी ४, टीएसएच), थाइराइड एन्टीबडी, थाइराइड स्क्यान गराउनुपर्छ । टीएसएच थाइराइड बढाउने हर्मोन हो । हाइ टीएसएच या लो टी ४ को अर्थ हो क्रोनिक हाइपोथाइराइड । यदि टीएसएच उच्च छ र टी ४ नर्मल छ भने पनि हाइपोथाइराइड हुन सक्छ । 

 स्वास्थ्यखबरबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा बेथिति बढ्दा दक्ष नेपाली कामदारको माग घट्दै, सीप र योग्यतामै प्रश्न ! विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक जना पक्राउ कास्की केन्द्रबिन्दु भएर आज बिहान गयो भूकम्प संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची स्वास्थ्य बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना ‘फ्री भिसा फ्री टिकट’ घोषणाको एकदशक पुग्नै लाग्दा रोजगार पर्वर्दन दशक घोषणा कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ:  सभापति शेरबहादुर देउवा रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ‘वुमन्स डे’ टी-२० कप : हङकङविरुद्ध नेपाल पहिले फिल्डिङमा भीरमा अड्किएका आठ जनाको उद्धार बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट पर्सा सीडीओ कार्यालयभित्रै मिटरब्याज पीडितद्वारा आत्महत्या प्रयास रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी परराष्ट्रमन्त्री राणा भारत प्रस्थान, के छ कार्यक्रम ? राजावादीलाई ओलीको कटाक्ष- एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैनौं अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ