१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

लगानीकर्ताको सुरक्षा ग्यारेन्टीका लागि प्रदेश सरकार तयार: मुख्यमन्त्री भट्ट

७ जेष्ठ २०७५, सोमबार १०:१६

जेठ ७ कैलाली | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीकर्ताको सुरक्षाको सुनिश्चित गर्ने कुरामा प्रदेश सरकार नीतिगतरुपमा अगाडि बढेको बताउनुभएको छ । 

आज धनगढीमा आयोजित गण्डकी विकास बैंकको ५९ शाखाको समुद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समग्र विकासका लागि लगानीकर्तालाई प्रोत्साहनसहितको लगानीको व्यवस्थाका लागि प्रदेश सरकार तयार रहेको र कार्यक्रम सञ्चालन गर्न खोजी रहेको स्पष्ट पार्नुभयो । 


मुख्यमन्त्री भट्टले आव २०७४÷७५ को आंशिक बजेटमा बैंकको हकमा सबैले पूँजीलाई जम्मा गर्नका लागि एक व्यक्ति एक खाता सिद्धान्तका रुपमा प्रदेश नं ७ मा बैंकहरुलाई भित्र्याउने र बैंकहरुले प्रदेशको समग्र विकासमा गर्नुपर्ने कामको बारेमा प्रष्टता गर्नाका साथै आम समुदायले पनि पूँजी बचत गर्ने बानी बसाल्नुपर्छ भनेर शुरुवात गरिएको बताउनुभयो । 

उहाँले उद्घाटन समारोहमा ब्याङ्कर र बैंक निर्माताले दुर्गम भेगका जनतालाई नजिकबाट सेवा प्रदान गर्नका लागि त्यस्ता ठाउँमा पुग्ने प्रयास गरी योजना बनाउनु पर्नेमा जोड दिनुभयो । 

त्यसैगरी कार्यक्रममा गण्डकी विकास बैंक सञ्चालन समितिका अध्यक्ष जगनबहादुर गुरुङले विकास बैंकमध्येको उत्कृष्ट बैंक गण्डकी विकास बैंकको शाखा धनगढीमा पनि सञ्चालनमा आएकाले यसको सेवा उपभोग गरेर धनगढीवासीलाई लाभान्वित भइदिन अनुरोध गर्नुभयो । 

नेपालका विकास बैंकमध्ये सबैभन्दा बढी चुक्ता पूँजी रहेको गण्डकी विकास बैंकको चुक्ता पूँजी रु दुई अर्ब ७५ करोड रहेको छ भने नेपालभरिमा ५९ वटा शाखा विस्तार भइसकेको जनाइएको छ । 

रु २० अर्ब ४३ करोड भुक्तानी रहेको उक्त बैंकको १८ वटा शाखा निकट भविष्यमै विस्तारका क्रममा रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह