८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ओली सरकारका ५ मूख्य प्राथमिकता

७ जेष्ठ २०७५, सोमबार १२:३७

जेठ ७,काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । सरकारले नीति तथा कार्यक्रम मार्फत आर्थिक विकास र रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि पूर्वाधार निर्माण गर्नुपर्नेमा सरकारको जोड दिने उल्लेख  छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम

देशभित्रै रोजगारी सिजर्ना गरेर आगामी ५ वर्षपछि कुनैपनि नेपाली रोजगारीका लागि विदेश जानु नपर्ने स्थिति सिर्जना गर्ने सरकारले लक्ष राखेको छ । त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

१० वर्षमा १५ हजार मेगावाट बिजुली

सरकारले १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ भने विद्युत खपतलाई १० वर्षमा १४ गुणालेब ढाउने उल्लेख छ । अहिले प्रतिव्यक्ति विद्युत खपत १०० कलिोवाट छ भने यसलाई १० वर्षमा बढाएर १५ सय किलोवाट पुर्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

५ वर्षभित्र सबै स्थानीय तहमा पीच सडक

सरकारले आगामी ५ वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याउने घोषणा गरेको छ । साढे ७ सय स्थानीय तहमध्ये अहिले आधाम स्थानीय तहको केन्द्रमा पनि पक्की सडक पुगेको छैन।

५ वर्षभित्रै काठमाडौं तराई फास्ट ट्र्याक

सरकारले आगामी ५ वर्षभित्रमा काठमाडौं निजगढ फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । लामो समयदेखि चर्चामा रहेको तर काम अघि बढ्न नसकेको यो फास्ट ट्रयाकलाई ओली सरकारले प्राथमिकतामा राखेको छ।

पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने

सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। सरकारले सोमबार प्रस्तुत गरेको०७५/०७६को नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने उल्लेख छ।राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्-प्रति व्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइनेछ ।

त्यस्तै, सरकारले निजी क्षेत्रको लगानी र नाफाको सुरक्षा गर्ने सरकारको नीति तथा कार्यक्रममा  उल्लेख छ । निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा प्रोत्साहित गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ