२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा सचिव पक्राउ

२०७५, ८ जेष्ठ मंगलवार ०२:३७

जेष्ठ ८, हुम्ला | तत्कालिन मैला र मदाना गाउँ विकास समिति र हालको ताँजाकोट गाउँपालिकाको वडा सचिव गोपालचन्द्र लामा सामाजिक सुरक्षा भत्ताको हिनामिनाको आरोपमा प्रहरीले पक्राउ परेको छ । लामाले १ करोड ४९ लाख सामाजिक सुरक्षा भत्ता स्थानिय बालबालिका, वृद्धवृद्धा, अपाँग, एकल महिलालाई नबाँडेर हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समाजिक सुरक्षा भत्ता हिनामिना गरेको उजुरी २ वर्ष अघि परेको भएता पनि लामालाई बेला बेलामा स्पष्टिकरण सोधिएको भएता पनि लामाले कुनै प्रतिक्रिया नदखोएको कारण अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवत्ता दिर्घराज मैनालीले बताउनु भयो । लामालाई सदरमुकाम सिमिकोटको तल्लो बजारबाट पक्राउ गरी अनुसन्धानको लागि काठमाण्डौं पठाइएको हो । अनुसन्धानको लागि बेला बेला लामालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उपस्थिती हुनको लागि पत्राचार गरिएको भएता पनि लुकीछिपी बस्ने र सम्पर्कमा नआउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय स्रोतले जानकारी गराएको छ । लामाले तत्कालिन गाउँ विकास समिति सचिव हुँदा ताका नक्कली कागजात बनाई सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकम दुरुपयोग गरेको र हिनामिना गरेको आरोप लागेको छ । 

अख्तियारको अनुसन्धानको क्रममा हुम्लाका अधिकाँश तत्कालिन गाउँ विकास समितिका सचिव अनुसन्धानका क्रममा रहेका छन् । बराइ गाउँ विकास समितिका सचिव त्रिलोचना पोखरेल, रोडिकोट र डाँडाफया गाउँ विकास समितिका सचिव रामप्रसाद देवकोटा, जैर गाविसका सचिव कुमानसिँह धामी लगायत ९० प्रतिशत सचिव सामाजिक सुरक्षा भत्ता र अन्य विनियोजित रकम हिनामिनाको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धानको अध्ययनका क्रममा रहेका छन् । सदरमुकाम भन्दा टाढा रहेका गाउँ विकास समितिका कार्यालयमा कोही पनि उपस्थित नभई सिमिकोटबाट नै कामकाज गरिरहेको, भत्ता बाँड्ने बेलामा मात्र गाउँ छिर्ने गरेका सचिवहरुले सामाजिक सुरक्षा भत्ताको विवरण एकिन नराख्ने गरेको आयोगले जानकारी दिएको छ । सामाजिक सुरक्षा भत्ता वितरणको लागि कुनै व्यक्तिको विवरण सहि इन्ट्री नभएको समेत खुलाशा भएको छ । तथ्याँकमा भएको नाम पनि संकलन सिमिकाोटबाट नै अन्दाजी राख्ने, आमा, बुबा, जन्ममिति लगायतको विवरण एकिन नहुने, भत्ता बाँड्दा गाउँमा अनुमानको भरमा जो आए उसैलाई मात्र दिने अवैज्ञानिक पद्धतीले गर्दा सामाजिक सुरक्षा भत्ताको हिनामिना हुने गरेको छ । 

सचिवले गाउँमा भएका बालबालिका, जेष्ठ नागरिक, अपाँगता र एकल महिलाको विवरण लिनको लागि जाने नगरेको, मृतक भएका व्यक्तिको नाममा पनि आउने गरेको अनुदानलाई कागजी रुपमा मिलाई हिनामिना गर्ने गरेको तथ्य खुलेको छ । तिन किस्तामा बाँडिने सामाजिक सुरक्षाको रकमलाई  १ किस्ता बाँड्ने नगरी हिनामिना गर्ने, कसैले कुरा उठाएमा अर्को अािर्थक वर्षमा निकाशा हुने भन्ने गरेको, त्यसरी पेल्दा पेल्दै किस्ता नै गायब गर्ने गरी हिनामिना गर्ने गरेको अख्तियार दुरुपयोग कार्यालय स्रोतले जानकारी गरेको छ । 


माथिको फोटोमा: अनुसन्धानको क्रममा पक्राउ परेका सचिव गोपालचन्द्र लामा |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो