२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लाको मानसरोवर कैलाश भ्रमणका क्रममा एक भारतीय तिर्थयात्रीको मृत्यु

२३ जेष्ठ २०७५, बुधबार १०:४५

रेशमराज रोकाया/जेष्ठ २३ हुम्ला | मानसरोवर कैलाश तिर्थस्थल भ्रमण गर्ने क्रममा एक जना भारतिय तिर्थ यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको चेन्नेई तमिलनाडुका वर्ष ६१ का पुरोसोत्तम प्रभाकरण रहेको बुझिएको छ ।


चिनको मानसरोवरबाट कैलाश दर्शनको क्रममा घोडामा चढेर परिक्रमा गर्ने क्रममा घोडाबाट लडेर घाईते भएका प्रभाकरणउपचारको क्रममा चिनको ताक्लाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, हुम्ला स्रोतले जनाएको छ । 

भारतिय तिर्थ यात्रीको अक्सिजन कमीको कारण यस अघि एक जनाले ज्यान गुमाईसकेका छन् । 

नेपालको सम्राट ट्राभल एजेन्सीको सहकार्यमा मानसरोवर कैलाश भ्रमणमा आएका प्रभाकरणको शवलाई दिउसो ३ बजेर २० मिनेटमा सिमिकोट विमानस्थल कैलाश हेलिकोप्टरले उद्धार गरेको थियो ।

 सिमिकोटमा प्रहरी मुचुल्कापछि परिवारको जिम्मामा लगाउनको लागि शवलाई नेपालगञ्ज विमानस्थल पठाईएको थियो । बाँकेको रुपैडिया नाका हुँदै भारततर्फ पठाउनको लागि पहल गरिने सम्राट ट्राभल एजेन्सीका हुम्ला प्रतिनिधी रिन्जिन दोर्जी लामाले बताउनुभयो ।


भारतिय नागरिकलाई छोटो र आरामदायी तिर्थ यात्राको लागि हुम्लाको सिमिकोट हुँदै नेपाल चिन सीमा हिल्सा सम्म हेलिकोप्टर र हिल्साबाट गाडीमा चिनको मानसरोवर कैलाश तिर्थयात्रा गराउनको लागि सहज मार्ग मानिएको छ । रहेक वर्ष यही मार्ग भएर भारतिय र नेपाली तिर्थयात्री हजारौंको संख्यामा यही मार्ग प्रयोग गरी तिर्थयात्रा गर्ने गरेको छन् । यसै वर्ष कैलाश यात्राको लागि भारतिय नागरिक मात्र ३ हजार ५ सय ७५ जनाले यो मार्ग हुँदै तिर्थयात्रा गरिसकेको छन् ।

हुम्लामा भारतिय तिर्थ यात्रीको लागि मात्र लक्षित गरी १० वटा भन्दा बढी होटेलले सेवा दिईरहेका छन् । नेपालगञ्ज विमानस्थलसम्म हवाई मार्ग वा सडक मार्गबाट आउने गरेको तिर्थ यात्री नेपालगञ्जबाट विमान प्रयोग गरी सिमिकोट, सिमिकोटबाट हेलिकोप्टर हुँदै हिल्सा सम्म पुगे पछि मानसरोवर कैलाशको लागि चिन सिमा पुग्ने गरेका छन् । करिब ७ वर्ष अघि देखी नेपालकै अति राम्रो र सहज मानिएको यो मार्गमा हाल हवाइ मार्ग प्रयोग गरी सहज तवरले तिर्थ यात्रा गर्न पाईने भएकोले भारतिय नागरिकको पहिलो रोजाई यहि मार्ग हुँदै आएको छ ।

एक्कासी कम उचाईबाट सिमिकोटको २ हजार ५ सय मिटरमा आउँदा लेक लाग्ने र अक्सिजनको मी हुने समस्या हुने गरेको छ । ट्राभल एजेन्सीले त्यस्तो खतराबाट तिर्थयात्रीलाई जोगाउनकाो लागि अक्सिजनको व्यवस्था समेत गरिएको छ । सिमिकोट अस्पतालले मानसरोवर कैलाश तिर्थसात्रीको लागि स्वास्थ्य परिक्षण गर्नको लागि एक स्वास्थ्य टोली सिमिकोट विमानस्थलमा नै खटाएको छ । सामान्य औषधोपचारको लागि अस्पतालले विमनस्थलको सेवा केन्द्रबाट उपचार दिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम