२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानसेनापति राजेन्द्र क्षेत्री ६ दिने भारत भ्रमणमा

२०७५, २३ जेष्ठ बुधबार १२:०५

जेठ २३, काठमाडौँ | प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतको छदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा उहाँ आज भारत प्रस्थान गर्नुभएको नेपाली सेनाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । 

भ्रमणमा रहँदा प्रधानसेनापति क्षेत्रीले देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालीमको आयुक्त पद प्रदान कवाजको प्रमुख अवलोकन अधिकृतकारुपमा आतिथ्यता गर्नुहुनेछ । 

भ्रमणको अवधिभर प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

भ्रमणको दौरान प्रधानसेनापति श्री क्षेत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्चपदस्थ अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उहाँ यही जेठ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै