३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन चाहना तीव्र हुँदा पुरुषसँग यौनसम्पर्क राखीहालौं कि जस्तो हुन्छ !

२४ जेष्ठ २०७५, बिहीबार ०३:१५

म १७ वर्षीया युवती हुँ । मलाई सेक्स गर्न मन लाग्छ । यौन चाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखूँ कि जस्तो पनि लाग्छ । तर, मैले त्यसो नगरी आफ्नै औँला योनिमा पसाएर यौन सन्तुष्टि लिइरहेको छु । योबाहेक महिलाले कसरी हस्तमैथुन गर्छन् ? यस्तो गर्दा केही हानि गर्छ कि गर्दैन ? के हस्तमैथुन गर्दा योनि खुकुलो हुन्छ ? -एन

महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौन साथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौन चाहना पूरा गर्नु नै हस्तमैथुन हो । यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्छन् । योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन्न नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा औँला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ ।

तपार्इंले यो उमेरमा पुरुषसँग यौनसम्पर्क नराखी हस्तमैथुनको उपाय रोजेर राम्रो गर्नुभएको छ । तपाईंको बढ्दो उमेर र विवाह गर्ने उमेर पनि नभएको अवस्थामा यौन चाहना पूरा गर्ने वैकल्पिक बाटो हस्तमैथुन नै हो । यो उमेरमा तपाईंजस्ता धेरै महिलाले विभिन्न उपायबाट हस्तमैथुन गर्ने गर्छन् । महिलाहरूले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ त्यहीअनुसार हस्तमैथुन गर्दछन् । सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुम्सुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।

महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायत शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुम्सुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ ।

हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदा नै गर्छ । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मानिसलाई मुक्ति दिलाउँछ । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायत अनेकौँ भ्रम रहेका छन् । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । बढी मात्रामा हस्तमैथुन गर्नु भनेको पनि शरीरका लागि हानि गर्नु हो । यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि हुँदैन । हप्तामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ तर त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ ।

महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनअघि ध्यान दिनुपर्दछ । महिलाले योनिमा औँला पसाउनेदेखि लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौन आनन्द लिने गर्दा भोलि आफ्नो यौन साथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्ने गरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफासुग्घर हुन आवश्यक छ । यदि ती वस्तु साफ छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखापर्न सक्छन् । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनुआवश्यक छ । बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौन सन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहारा लिन पर्ने हुन सक्छ ।

महिलाहरूमा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम रहेको छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । योनिमा वस्तु तथा औँला छिराउँदा योनिको झिल्ली भने च्यातिने गर्दछ । हाइमिन झिल्ली च्यातिुन भनेको हाम्रो समाजमा कुमारित्व गुमाउनु भन्ने बुझिन्छ । अहिलेको समयमा महिलाहरू खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झिल्ली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ । योनिको सालाखाला लम्बाइ यस्तै तीन इन्चको हुन्छ । यौन उत्तेजनाको बेलामा यसको लम्बाइ केही बढ्न जान्छ र चार इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि हुँदैन । शुक्रबार साप्तहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता