जेठ २४, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
नौ महिना अवधिसम्म मन्त्रालयमा जिम्मेवारी सहेरै खड्काले सहन नसकिने अवस्था आएपछि राजीनामा दिएको बताए |
९ महिना अघि सरकारले खड्कालाई निगमबाट बर्खास्त गरेको थियो र पछि अदालतको आदेशमार्फत फेरी निगम फर्किएका थिए |
अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको उनको आरोप छ ।