१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्नुअघि नुहाउनुस्, यस्ता छन् फाइदै फाइदा

२५ जेष्ठ २०७५, शुक्रबार ११:२२

टिप्स:- राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन्। तर, तपाइलाई चिसो अत्याधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ। 

१. राम्रो निन्द्रा पर्छ : राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसंग निन्द्रा लाग्छ। साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ। सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान ठीक रहन्छ। तातो पानीले नुहाउनु हुन्छ भने पनि फाइदा नै गर्छ। तातो पानीले मांसपेशीलाई आराम दिन्छ।

२. मोटोपना कम हुन्छ : शरीरमा दुई खालको चिल्लो हुन्छ। पहिलो– ह्वाइट फ्याट, यो शरीरका लागि हानिकारक हुन्छ भने अर्को ब्राउन फ्याट शरीरका लागि फाइदाजनक हुन्छ। ह्वाइट फ्याट खानाबाट प्राप्त हुन्छ र शरीरको कयौं भागमा जम्मा हुन्छ। विज्ञका अनुसार जब हामी चिसो या तातो पानील्े नुहाउँछौं, क्यालोरी खपत हुन्छ र सजिलै तौल कम गर्न सक्छौं।

३. छालामा आउँछ चमक : छाला विशेषज्ञका अनुसार चिसो पानीले नुहाउनाले कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ। यदि तपाईं डन्डीफोरबाट पीडित हुनुहुन्छ भने चिसो पानीले नुहाउनुपर्छ। यसबाट छाला रुखो हुनबाट बच्छ। तातो पानीले छालाको रोमछिद्र खुल्छ।

४. प्रतिरोधी क्षमता बढ्छ : चिसोपानीले शरीरलाई पनि सुदृढ बनाउँछ। चिसो पानीले नुहाउनले रोगप्रतिरोधी क्षमता बढ्छ। रक्त सन्चार राम्रो हुन्छ। रोगप्रतिरोधी बढ्दा शरीरमा सेतो रक्तकोषिकाहरु पनि बढ्छन्। यसबाट धेरै रोगबाट लड्न मद्धत हुन्छ र बिरामी हुनेसम्भावना पनि कम हुन्छ। तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्छ। 

५. मुड फ्रेस हुन्छ : एक अध्ययनले नुहाउँदा मुड फ्रेस हुने देखाएको छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो। चिसो पानीले नुहाउँदा मुटुको चाल बढ्छ र शरीरको रक्तसन्चार पनि बढ्छ। यसबाट ताजा महसुस गर्न सकिन्छ। 

६. उच्च रक्तचापमा कमी : ज्वरो आएको समयमा तातोपानीले नुहाउँदा पसिना आउछ र शरीर चाँडै चिसो हुन्छ। तातोपानीले साइनस र रुघाबाट पनि आराम मिल्छ। तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाउनाले उच्च रक्तचापमा कमी आउँछ।

७. ब्लड सुगरमा नियन्त्रण : अमेरिकन डाइबिटिक एशोसियसनका अनुसार तातोपानीमा नुहाउनले ब्लड सुगरको स्तर कम हुन्छ। यसले टाइप टु डाइबिटिजबाट पीडितहरुलाई फाइदा हुन्छ । तातोपानीले रक्तसन्चार बढ्छ र सुगरको स्तर नियन्त्रण हुन्छ। यसले राती राम्रो निन्द्रा पनि आउछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड