१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश ७ मा बजेट माथि छलफल

४ असार २०७५, सोमबार ०७:५४

असार ४, धनगढी | प्रदेश नं ७ को सरकारद्वारा आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइएको राजश्व र व्ययको अनुमानित विवरण माथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ । 

छलफलमा भाग लिदै राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गर्दै बजेट कार्यकर्तामुखी र सत्तामुखी रहेको टिप्पणी गर्नुभयो । 

उहाँले कैलालीको पथरैया नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग आग्रह गर्ने क्रममा आफूलाई रेशम (रेशमलाल चौधरी)को पार्टीको मान्छे भनेर दुव्र्यवहार गरिएको अरोप पनि लगानुभयो । 

नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले निश्चित लक्ष्य प्राप्तिका लागि बजेट तथा नीति कार्यक्रम ल्याउने गरिए पनि यो बजेट लक्ष्यहीन र गन्तव्यहीनजस्तो देखिएको टिप्पणी गर्नुभयो । 

विभिन्न शीर्षक राखेर बजेटलाई आकर्षक बनाउन खोजिए पनि प्रदेशको समृद्धि र विकासका लागि ठोस योजना नल्याई अनावश्यकरुपमा प्रशासनिक खर्च र भैपरी आउने खर्चमा बढी बजेट छु्ट्याएको उहाँको आरोप थियो । 

सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले लक्षित उद्देश्य पूरा गर्न बजेट ल्याइएकाले कार्यान्वयन तहमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । 

बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६का लागि ल्याइएको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

प्रदेशसभाको अर्को बैठक यही असार ७ गते बिहान ८ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन