2026-06-27 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा आज ३ खेल: कुन टिम कति बलियो ? कुन समयमा हुँदैछ खेल ?

असार ५, काठमाडौँ | रसियामा जारी विश्वकपमा आज पनि बिभिन्न ३ खेल हुँदैछन् | आजको पहिलो खेल कोलम्बिया र जापानबीच हुँदैछ |

समुह एच अन्तर्गत रहेको जापानी प्रशिक्षकलाई विश्वकपको ७१ दिनअघि बर्खास्त गरको जापानले शंका गर्नेहरूलाई गलत साबित गर्ने प्रयासमा मंगलबार फिटनेसका लागि संघर्षरत स्टार मिडफिल्डर जेम्स रोड्रिग्वेजको टिम कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । विश्वकप २०१४ को सर्वाधिक गोलकर्ता रोड्रिग्वेज सारान्स्कस्थित मोरडोभिया एरिनामा हुने समूह ‘एच’ को पहिलो खेलमा खेल्नेमा शंका गरिएको छ । 


त्यस्तै चार वर्षअघि ब्राजिलमा क्वाटरफाइनलमा पुगेको कोलम्बियाको टिम पनि बलियो मान्न सकिन्छ । कोलाम्बियाले २०१४ मा जस्तै खेल दोहोर्याए आजको खेलमा जापान निरिह हुनेछ ।

त्यस्तै आज अर्को खेलमा पोल्याण्ड र सेनेगालबीच प्रतिष्पर्धा हुँदैछ । जुन टिम पनि जापान र कोलम्बियाकै ग्रुपमा छन् । युरोपेली फुटबलका दुई उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोवस्की र साडियो माने आमनेसामने हुने पोल्याण्ड र सेनेगालबिचको खेललाई पनि महत्वपूर्ण रुपमा हेरिएको छ । फिफा बरियतामै ८ औं स्थानमा रहेको पोल्याण्ड ग्रुप एचको बलियो टिम मानिन्छ । 


त्यस्तै आजको अन्तिम खेलमा रुस र इजिप्ट खेल्दैछन् । रुस आयोजक टिम हो । उद्घाटन खेलमा सौदिलाई ५-० गोलले पराजित गरेको रुसलाई कमजोर रुपमा लिन सकिन्न । त्यसो त यसअघि उरुग्वेसँग १-० ले पराजित भएको इजिप्ट आजको खेल जित्नैपर्ने दवावका साथ खेल्दैछ । 


यस अघि सोमबार भएको विभिन्न ३ खेलमा मध्येराति इंग्ल्याण्डले ट्युनिसियामाथि संघर्षपूर्ण जित हाँशिल गरेको छ । खेलको ९० मिनेटसम्म १-१ को बराबरीमा रोकिएको खेलमा इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्ड बिजयी भएको हो ।


त्यस अघि सोमबार नै सम्पन्न विश्वकप खेल अन्तर्गत कोरियालाई स्विडेनले ०-१ गोलले पराजित गरेको थियो भने पनामालाई बेल्जियमले ०-३ गोलले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी