२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेल हुँदै: कुन खेल कति बजे हुँदैछ ?

२०७५, ६ असार बुधबार ०२:०४

असार ६, काठमाडौँ | स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेलहरु हुँदैछन् | आजको खेलमा पहिलो खेल पोर्चुगलबिरुद्ध मोरक्कोको हुनेछ | यस अघि स्पेन सँग ३-३ गोल बराबरीमा खेलेपछि पोर्चुगललाई आजको खेल जित्नुपर्ने छ | त्यसो त आजको खेलमा मोरक्कोले पोर्चुगलका स्टार खेलाडी रोनाल्डोसँग निकै बचेर खेल्ने रणनीति लिनेछ | रोनाल्डो एक्लैले बलियो टिम स्पेनलाई ३ गोल गरेका थिए | आज पोर्चुगल र मोरक्कोको खेल नेपाली समय अनुसार बेलुका ५:४५ बजे हुँदैछ |


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे उरुग्बे र साउदी अरवबीच हुँदैछ | यस अघि आयोजक राष्ट्र रुससँग ५-० गोल अन्तरले पराजित भएको साउदीले ३ अंक बटुलीसकेको उरुग्बेसँग सामना गर्नुपर्ने छ | यदी आजको खेलमा पराजित भए साउदी समूह चरणबाटै बाहिरिनेछ | समुह चरणमा समूह 'ए' मा लगातार २ खेल जित्दै रुसले अन्तिम १६ को लागि स्थान बनाईसकेको अवस्थामा यो ग्रुपमा रहेका साउदी अरवलाई आजको खेल जित्नु अत्यावश्यक हुनेछ | 


त्यस्तै आजको अन्तिम खेल इरान र स्पेन बीच हुँदैछ | ग्रुप 'बी' अन्तर्गत इरान ३ अंकले अगाडी छ भने स्पेनको १ अंक मात्र छ | आजको खेलमा स्पेनले इरानलाई हराउन सके र पोर्चुगलले पनि मोरक्कोलाई हराउन सके स्पेन र पोर्चुगलको समान ४/४ अंक हुनेछन् | इरानले आत्मघाती गोलले मोरक्कोलाई पराजित गरेको कारण स्पेनलाई आजको खेलमा इरानलाई जित्न त्यति असहज भने नहोला तर जर्मनी जस्तो राष्ट्र समेत पराजित भएको २०१८ को विश्वकपमा कसले कस्तो रक्षात्मक खेल खेल्छ भनेर भविष्यवाणी गर्न सक्ने अवस्था भने छैन | जे होस् आजको खेल निकै रोमान्चकपुर्ण रहनेछन | त्यसो त अन्तिम १६ को लागि यात्रा तय गर्ने महत्वपूर्ण खेल सुरु भईसकेकोकाले अबका सबै खेल निकै महत्वपूर्ण रहनेछन | 

मंगलबारका ३ खेलको नतिजा: 

यस अघि मंगलबार भएका बिभिन्न ३ खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको छ भने सेनेगालले पोल्याण्डलाई पनि २-१ गोल अन्तरले पराजित गरेको छ | त्यस्तै रुसले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको छ | विश्वकपको समुह 'ए' मा रहेको रूसले इजिप्टलाई ३-१ अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो । विश्वकपमा रूसको समुहले १९७० (तत्कालीन सोभियत संघ) पछी पहिलो पटक लगातार दुई खेल जितेको छ । 

त्यसो त, इजिप्टका मोहम्मद सालाहले खेलको ७३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इजिप्टको तर्फबाट विश्वकपमा पहिलो गोल गरेको छ । २८ बर्षीय र तीन खेलपछी इजिप्टले विश्वकपमा यो पहिलो गोल गरेको हो । यस अघि १९९० मा नेदरल्याण्डबिरुद्ध १ गोल गरेको थियो । इजिप्टले समूह चरणको पहिले खेल उरूग्वेसँग हारिसकेको छ। लगातार दोस्रो हार बेहोरेकाले ऊ जारी विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?