2026-06-27 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सिको टिम विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना अझै छ ?

असार ८, काठमाडौँ | क्रोएसियाले ३-० गोल अन्तरले पराजित गरिदिएपछी अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । 'समूह डी'मा पहिलो खेलमा आइसल्याण्डसँग १-१ गोलमा बराबरी खेलेको अर्जेन्टिना बिहिबार रातिको खेलमा क्रोएसियासँग हारेपछि उसको समूह चरणबाटै बाहिरिने सम्भावाना बनेको हो ।

पहिलो हाफमा बिना कुनै गोल भएको पर्दर्शन खेलको दोश्रो हाफमा आएर एकाएक बदलियो । अर्जेन्टिनाले पहिलो गोल गोलकिपरको कमजोरीका कारण खान पुग्यो भने त्यसपछि सम्हालिएर खेल्न नसक्दा थप २ गोल खान पुग्यो ।


खेलमा क्रोएसियाका लागि एन्टे रेविकले ५३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८०औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई दुई गोलको अग्रतामा पुर्याए । क्रोएसिया त्यतिकै रोकिएन खेलको इन्जुरी समयमा इभान रकिटिकले गोल गर्दै क्रोएसियालाई ३–० गोलको ऐतिहासिक जित दिलाउन सफल भए ।

खेल जित्दै क्रोएसियाले ६ अंक बटुल्न सफल भएको छ । समूह 'डी' अन्तर्गत आफ्नो दोश्रो खेलमा पराजित भएको अर्जेन्टिनाको लागि नकआउट चरणमा पुग्ने सम्भावना भने अझै जिवितै छ । तर बलियो टिम मानिएको आइसल्याण्डले आफ्नो बाँकी दुवै खेल जितेमा अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ । तर लगातार दोश्रो खेल जितेको क्रोएसियासँग पनि आइसल्याण्डले सामना गर्ने हुँदा उक्त खेल जित्नु आइसल्याण्डको लागि चुनौतीपूर्ण हुनेछ । त्यस्तै यस अघिको खेलमा पराजित भएको नाइजेरियाले पनि दुई खेल खेल्न बाँकी छ, त्यसैले अब आइसल्याण्ड र नाईजेरियाको दोश्रो खेल हेरेपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्राको आंकलन लगाउन सकिन्छ । आइसल्याण्ड र नाइजेरिया बीचको खेल आज (शुक्रबार) ८:४५ बजे हुँदैछ । खेलमा नाइजेरिया बिजयी भए त्यसको फाइदा अर्जेन्टिनालाई हुनेछ । त्यसैले अर्जेन्टिनाको नकआउट चरणमा जाने सम्भावना आइसल्याण्डको खेलमा भर पर्नेछ । 

Photo: Fifa 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी