2026-06-27 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड मध्ये २ टिम समुह चरणबाटै बाहिरिने निश्चित

असार ८, काठमाडौँ | रुसमा जारि विश्वकपमा समूह 'डी'को खेल निकै रोचक मोडमा पुगेको छ । शुक्रबारको खेलमा आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले ३ अंक बटुलेपछी समूह 'डी' बाट नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम क्रोयसिया बनेको छ । 

शुक्रबार नाइजेरियाले आइसल्याण्डलाई २-० ले पराजित गरेपछि स्वत: क्रोएसियाले दुई खेलबाट ६ अंक सहित नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो । अब समूह 'डी' बाट नाइजेरिया (३ अंक), अर्जेन्टिना (१ अंक) र आइसल्याण्ड (१ अंक) सहित क्रमश पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् । क्रोएसियाले नकआउटमा आफ्नो स्थान पक्का गरेकाले अब यी तीन मध्ये १ टिम मात्र नकआउट चरणमा प्रवेश गर्नेछन् । अब तीनै टिमले १/१ खेल खेल्न बाँकी छँदा खेल निकै रोचक मोडमा पुगेको हो । 

विश्वकपमा समुह चरणको १/१ खेल हुन बाँकी छ, अबको खेल क्रोएसियाले आइसल्याण्डसँग खेल्दैछ भने अर्जेन्टिनाले नाइजेरियासँग खेल्दैछ । आगामी खेलमा नाइजेरियाले अर्जेन्टिनालाई जित्न सके वा बराबरीमै रोक्न सके पनि नाइजेरिया ६ वा ४ अंक सहित नकआउट चरणमा प्रवेश गर्नेछ भने अर्जेन्टिनाले जिते ४ अंक सहित नकआउट चरणमा प्रवेश गर्नेछ । 

उता अर्जेन्टिनालाई बराबरीमा रोक्न सकेको आइसल्याण्डलाई समेत २ गोलले पराजित गरेको नाइजेरियाले आफू कम्जोर नभएको प्रमाणित गर्दै अर्जेन्टिनासँगको खेललाई समेत चुनौती थपिदिएको छ । 

उता आइसल्याण्डलाई ठूलो चुनौतिको पहाड क्रोएसिया बनेको छ । लगातार २ खेल जितेको क्रोएसियालाई पराजित गर्नु आइसल्याण्डलाई चुनौतीपूर्ण छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी