2026-06-27 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेनसँग रक्षात्मक खेल खेल्दै रसिया विश्कपको क्वाटरफाइनलमा प्रवेश, पेनाल्टीमा स्पेन पराजित

असार १७, काठमाडौँ | विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आयोजक रसियाले स्पेनलाई पराजित गरेको छ । यससंगै आयोजक राष्ट्र विश्कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलमा पेनाल्टी सुटआउट भएको थियो । स्पेनले आफ्नो पक्षमा ७४ प्रतिशत बल हुँदा पनि गोल भने गर्न सकेन । 


पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न सकेनन् । दोश्रो हाफपछी स्पेनको लगातारको प्रयासलाई विफल बनाउँदै रुसले आफुले चाहेको खेलतर्फ मोड्यो । मस्कोस्थित लुजनिकी रंगशालामा खेलको १२ औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो । स्पेनले प्रहार गरेको बल रसियाका इग्नाशेभिकले रोक्ने क्रममा गोल हुन पुगेको थियो । त्यसपछि खेलको ४२औं मिनेटमा स्पेनका जेरार्ड पिकेले हातले बल छोएपछि रसियाले पेनाल्टी पायो । जुन पेनाल्टीलाई अवसरको रुपमा परिणत गर्दै रसियाका आर्टिम ज्युबाले गोल गरे र बराबरीमा पुर्याए । 

खेलको सुरुवातदेखिनै रसियामाथि दबाब बनाएर खेलेको स्पेनले गोल गर्न नसक्दा पेनाल्टीसम्म पुगेर ४-३ गोल अन्तरले पराजित हुन पुग्यो । पेनाल्टी सुटआउटमा रसियाका लागि फेडर स्मोलोभ, सर्जिइ इग्नशेभिक, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिशेभले गोल गरे भने स्पेनका लागि आन्ड्रे इनिएस्टा, जेरार्ड पिके र कप्तान सर्जियो रामोसले मात्रै गोल गरे । स्पेनको २ पेनाल्टी गोलकिपरले रोकेपछि स्पेन खेलमा पराजित हुन पुग्यो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी