2026-06-27 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिललाई मेक्सिकोले आजसम्म गोल गरेको रेकर्ड छैन ! आज ब्राजिलका मार्सेलोले नखेल्ने

असार १८, काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज प्रि-क्वाटर फाइनल खेलमा केहि बेरपछि ब्राजिल र मेक्सिकोको खेल हुँदैछ । विश्वकपको समूह ‘ई’ को विजेता ब्राजिल र समूह ‘एफ’ को उपविजेता बन्दै आएको मेक्सिको र ब्राजिलले आज पौने ८ बजे खेल खेल्दै छन् । विश्वकप इतिहाँसमा मेक्सिकोले ब्राजिललाई गोल गर्न सकेको रेकर्ड छैन ।

ब्राजिल र मेक्सिकोबीच यस अघि चार खेल भएकोमा मेक्सिकोले ११ गोल खाएको छ तेर एकपटक पनि ब्राजिलले मेक्सिकोसँग गोल खानु परेको छैन । तर यो पटक भने ब्राजिललाई गोल गर्दै मेक्सिकोले इतिहाँस तोड्ने दाउमा छ ।


समूह चरणका आफ्ना खेलमा एकैनासका प्रदर्शन गरेर प्रि-क्वाटर फाइनलमा आएका ब्राजिल र मेक्सिकोबीचको आजको खेललाई फुटबल प्रेमीहरुले निकै चासोका साथ हेरेका छन् । यसपटकको विश्वकपमा २०१४ को विश्वकप बिजेता जर्मनलाई मेक्सिकोले समूह चरणको पहिलो खेलमै पराजित गर्दै धेरैलाई अचम्ममा पारेको थियो । अर्को कुरा राम्रा-राम्रा खेलाडी सहितको टोली क्रमश पराजित बन्दै प्रि-क्वाटर फाइनलबाटै बाहिरिंदै गर्दा ब्राजिलले पनि आज हारला कि जित्ला भन्ने अन्यौलता छ । यदी आज मेक्सिको ब्राजिलसँग पराजित भएमा विश्वकपको खेलमा अन्तिम १६ को ७ औं खेलबाट बाहिरिने छ । 

आज ब्राजिल वा मेक्सिको जसले जिते पनि क्वाटरफाइनलमा आजै राति हुने बेल्जियम र जापानबीचको विजेतासँग खेल्ने छ । आजको खेलमा ब्राजिलका डिफेन्डर मार्सेलोले खेल्दै छैनन् । उनि घाइते रहेकाले उनको स्थानमा फिलिप लुइसलाई खेलाइँदै छ । मार्सेलो समूह चरणको अन्तिम खेलमा सर्बियाविरुद्ध खेल्दा घाइते भएका थिए । 


त्यस्तै मेक्सिकोका प्रमुख सेन्टर ब्याक हेक्टर मोरेनो दुई वटा पहेँलो कार्ड पाएका कारण ब्राजिलविरुद्धको खेल खेल्न पाउने छैनन् । उनको स्थानमा हृयुगो एयालालाई खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी