2026-07-28 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश नं. ७: तीन वटा विधेयक प्रस्तुत

असार १८, धनगढी (रासस) | प्रदेश नं. ७ प्रदेशसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत विभिन्न तीन वटा विधेयकमाथि छलफल भएका छन् । 

बैठकको प्रारम्भमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश आकस्मिक कोष विधेयक, २०७५ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । 

त्यसपछि छलफलमा भागलिदैं प्रदेशसभा सदस्य लीलाधर भट्ट, शान्ति नेपाली, पूर्णा जोशी, मानबहादुर धामी, दुर्गा कामी, महेशदत्त जोशी, हर्कबहादुर कुँवर, डिल्लीराज पन्त र कुमारी नन्दा बमले विधेयक पारित भएपछि आआफ्नै ढंगले काम गरिरहेका स्थानीय तहको कार्य सम्पादनमा एक रुपता आउने बताउनुभयो । 

छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री सोडारीले मुख्यमन्त्रीको संयोजकत्वमा मुख्यमन्त्री राहत कोष, आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वका दैवी प्रकोप उद्धार राहात कोष र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला दैवीप्रकोप उद्धार राहात कोषसमेत रहने जानकारी दिनुभयो । 

यी तीन वटा विधेयक पारित भए प्रदेश नं ७ मा रहेका सबै ८८ स्थानीय तहमा एकरुपता आउने, जिल्ला समन्वय समितिको भूमिका तथा अधिकार स्पष्ट हुने र विपद् व्यवस्थापन एवं राहतका लागि समेत सहजता आउने अपेक्षा गरिएको छ । 

प्रदेशसभाको अर्को बैठक असार १९ गते अपराह्न ४ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै