2026-06-28 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको प्रि-क्वाटरफाइनल खेल सम्पन्न, अन्तिम खेलबाट कोलम्बिया बाहिरियो

असार २०, काठमाडौँ | रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशालामा जारी विश्वकपको अन्तिम १६ अर्थात प्रि-क्वाटरफाइनल खेल सम्पन्न भएको छ । प्रि-क्वाटर फाइनलको अन्तिम खेलमा कोलम्बिया र इंग्ल्याण्डले १-१ गोलको बराबरीको खेल खेलेपछि पेनाल्टी सुटबाट ४-३ गोल अन्तरले बिजयी बन्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गर्यो भने कोलम्बिया क्वाटरफाइनलबाटै बाहिरिएको छ । 

खेलमा कोलम्बिया र इंग्ल्याण्डबीच पहिलो हाफमा कुनै गोल बिना रोकियो । त्यसपछि दोश्रो हाफको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई कोलम्बियाका खेलाडीले आफ्नो डिबक्सभित्र लडाएपछि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । यो गोलसँगै जारी विश्वकपमा केनको गोल संख्या ६ पुगेको छ । केन विश्वकपको गोल्डेन बुटको दाबेदार समेत भएका छन् ।


खेलमा तुलनात्मक रुपमा बलियो देखिएको इंग्ल्यान्डले अग्रता लिएपछी गोलको खोजीमा रहेको कोलम्बियाले धेरै प्रयासको बाबजुत खेलमा अतिरिक्त समयको सदुपयोग गर्दै इंग्ल्याण्डलाई कर्नर किकमार्फत आएको बललाई हेडमार्फत उत्कृष्ट गोल गर्यो । कोलम्बियाको लागि १३ नम्बर जर्सीका एरी मिनाले गोल गर्दै इंग्ल्याण्डसँग बराबरी गरिदिए । जारी विश्वकपमा भएको उक्त गोल १४६ औं गोल हो भने अतिरिक्त समयमा भएको ३१ औं गोल हो । 


निर्धारित ९० मिनेटको खेलमा बराबरी भएपछी पुन: ३० मिनेटको खेल भयो । जसमा पनि दुवै पक्षले कुनै गोल गर्न सकेनन् । फलस्वरूप खेल पेनाल्टीमा गयो । 

पेनाल्टी सुटमा ४-३ गोल अन्तरले कोलम्बियालाई पराजित गर्दै इंग्ल्याण्ड अन्तिम ८ मा प्रवेश गर्यो । 

यससंगै प्रि-क्वाटर फाइनलको खेल सकिएको छ । अब विश्वकपमा अन्तिम ८ को प्रतिष्पर्धा हुनेछ । शुक्रबारदेखि हुने क्वाटरफाइनल खेलमा ७:४५ बजे उरुग्वे र फ्रान्सबीच खेल हुँदैछ भने सोहि दिन राति पौने ११:४५ बजे ब्राजिल र बेल्जियमबीच खेल हुनेछ । त्यस्तै क्वाटर फाइनलको तेश्रो खेल शनिबार बेलुका ७:४५ बजे इंग्ल्याण्ड र स्विडेनबीच हुनेछ भने अर्को खेल सोहि दिन राति ११:४५ बजे रसिया र क्रोएसियाबीच हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी