2026-06-28 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिललाई पराजित गर्दै बेल्जियम ३२ बर्ष पछी विश्वकपको सेमिफाइनलमा

असार २३, एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् ।

बेल्जियमले खेलको १३ औं मिनेटमा बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए । 


त्यसपछि खेलको ३१ औं मिनेटमा गोल गर्दै बेल्जियमले २–० गोलको अग्रता लियो । बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका थिए । उनले निकै सुन्दर गोल गरेका थिए ।

ब्राजिलले बेल्जियमको पोष्टमा धेरै अवसर पाएपनि गोल भने गर्न सकेन । खेलमा २ गोलको अग्रता लिएको बेल्जियमलाई रोक्दै १ गोल गर्ने क्रममा ७६ औं मिनेटमा रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याएका थिए । तर त्यसपछिका अवसरहरुलाई बेल्जियमले रोक्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी