२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै, कसले मार्ला बाजी ?

२०७५, २३ असार शनिबार ०६:५६

असार २३, काठमाण्डौ । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ८ बजे हुँदैछ । इंग्ल्यान्डले यसअघि विश्वकप जिती सकेको छ । उसले १९६६ मा आफ्नै राष्ट्रमा जितेको थियो ।

त्यसयता उसले उपाधी जित्न सकेको छैन । यस्तै, स्वीडेनले भने अहिलेसम्म उपाधी जित्न सकेको छैन । १९५८ मा उपविजेता भएको स्वीडेन त्यसयता फाइनलमा प्रवेश गर्न सकेको छैन । यस्तै, १९९४ मा तेस्रो भएको स्विडेन त्यसयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ र सेमिफाइनल प्रवेशका लागि आज रुसको सामारा एरिनामा इंग्ल्याण्डको सामना गर्न तयार छ ।

इंल्याण्ड हरेक विश्वकपमा दावेदार टोलीका रुपमा रहन्छ । तर, विश्वकपको नकआउट यात्रा उसका लागि पछिल्ला ७ संस्करणदेखि सहज बन्न सकेको छैन । सन् १९९० को विश्वकपमा चौथो भएको इंग्लिस टोलीले त्यसयता क्वार्टरफाइनल पार गर्न सकेको छैन । फुटबलको जन्मदाता दावी गर्ने इंग्ल्याण्ड विश्वकप इतिहासमै यसअघि मात्र २ पटक सेमिफाइनलमा पुगेको छ । इंग्लिस डिफेण्डर जोन स्टोन्स विश्वकप उपाधिको सपना देखिरहेका छन् तर उनले बुझेका छन् कि सामारा एरिनामा सेमिफाइनल प्रवेशका लागि हुने खेलमा स्विडेनले उनको टोलीलाई ठूलो चुनौती पेश गरेको छ ।

जेनी एण्डरसनको टोलीले मंगलबारको पहिलो खेलमा स्विट्जरल्याण्डलाई १–० ले हराएर अन्तिम आठमा स्थान बनाएको हो । इमिल फोर्सबर्गले विश्वकपमा आफ्नो पहिलो गोल दोस्रो हाफमा गरेपछि स्विडेनले खेल जितेको हो ।पछिल्लो पटक सन् १९९० को विश्वकपमा सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले स्विडेनविरुद्धको १३ खेलमा मात्र ३ जित हासिल गरेको छ । यद्यपि केही समर्थकहरु सोच्छन कि स्वीडेन कमजोर प्रतिस्पर्धी हो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?