२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यार्सागुम्बा दोब्बरले कम भेट्टिएपछि संकलक निरास (फोटो फिचर)

२४ असार २०७५, आईतवार ०८:५०

लोकेन्द्र प्रशाद जोशी | असार २५, दार्चुला । यसबर्ष यार्सागुम्बा संकलनमा गत बिगत बर्षहरुको भन्दा दोब्बरले कमि आएको संकलकहरुले बताएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाको यार्सागुम्बापाइने बिभिन्न पाटनहरुबाट यार्सागुम्बा संकलन गरेर फर्केका अधिकासं संकलकहरुले आधाभन्दा कम मात्रै यार्सा भेट्टिएको भन्दै चिन्ता ब्यक्त गरेका हुन ।

मार्मा गाउँपालिका ४ बार्कुबाट गत बैसाख २२ गते यार्सागुम्बा संकलन गर्न भन्दै ९ महिनाको दुधेपालक साथमा बोकेर पाटन पुगेका दानमति महरा सोचेअनुसार यार्सागुम्बा नभेट्टिएको भन्दै निरास भएर घर फर्कीएका छन । उहाँमात्रै हैन, उहासंगै यार्सागुम्बा संकलन गर्न डेढ महिना पहिले अपिहिमाल गाउँपालिका अन्तरगतका पाटनहरुमा गएका सयौ संकलकहरुले गत बिगत बर्षहरुको भन्दा निकै कम यार्सागुम्बामात्रै पाएको भन्दै निरासा ब्यक्त गरेका छन । बिगत बर्षहरुमा झन्डै ५ सय गोटा यार्सागुम्बा भेट्टिने गरेकोमा यस पटक २ सयजति यार्सा भेट्एिको दुधेबच्चा बोकेर यार्सा संकलनका लागी लेक पुगेका महराले बताए ।


बन लसुन लगायत जडिबुडिहरु संकलन गर्न बन खन्नु, बनमा आगलागी हुनु, जथाभाबि प्लाष्टिकजन्य फोहोर फाल्नु लगायत कारणले यार्सा कम भेट्एिको संकलकहरुको चिन्ता छ । हिमाली क्षेत्रका स्थानियको प्रमुख आयस्रोतको रुपमा रहेको यार्सागुम्बा नभेट्टिएपछि स्थानियमा निरासा छाएका अपिहिमाल ५ सौगन्नाका यार्सा संकलक बिरेन्द्र धामीले बताए ।

बिगत बर्षहरुमा ५ लाखसम्म यार्सागुम्बा बिक्री गरेर कमाउँदै आएका संकलकहरुले एक लाखसम्मपनि नहुने अवस्था आएको भन्दै निरासा ब्यक्त गरीरहेका हुन । यसै अनुपातमा यार्सा संकलनमा कमि आउँने हो भने आफुहरुको आयस्रोतको प्रमुख माध्यम लोप भएर जाने यार्सा संकलक गोबिन्द धामीको चिन्ता छ । रिपोर्टिङको क्रममा हामीले अपिहिमाल गाउँपालिकासम्म पुगेर स्थानियहरुलाइ भेट्दा सबैले सार्यागुम्बा संकलनमा कमि आएको मात्रै बताएनन् संरक्षणमा सरोकारवालाहरुले ध्यान नदिएको भन्दै आक्रोस समेत ब्यक्त गरेका छन । स्थानियले राजस्व संकलनमा समेत बिभेद भएको बताएका छन । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, गाउँपालिका लगायत सरोकारवालाहरुले राजस्व संकलनमा मात्रै ध्यान दिएको तर बहुमूल्य जडिबुडि संरक्षणमा ध्यान नदिएको स्थानियको आरोप छ ।


बनसम्पदा सबैको साझा सम्पत्ति भएको कारण सरोकारवालाहरु, स्थानिय लगायत सबैले संरक्षणमा ध्यान दिनु आबश्यक देखीन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य