2026-09-14 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राष्ट्रिय महिला फुटबलका लागि कञ्चनपुरको टिमको विदाई

विकास सिंह महता | असार २८, कञ्चनपुर | कञ्चनपुर जिल्ला फुटबल संघले महेन्द्रनगरमा राष्ट्रिय महिला फुटबल खेलको लागि महिला टिमको बिहीवार बिदाई गरेको  छ । 

अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहटमा हुन लागेको उपराष्ट्रपति महिला  राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को लागि कञ्चनपुरको महिला टिम सहभागिताका  लागि२४ जना खेलाडी बाट  १६ सदस्य टिम छनौट गरिएको थियो । उक्त टिममा पुनम फरसवान, प्रियका राना, सुषमा शाही, शोभा क्षेत्री, मनिषा ओखेडा, प्रकृति भट्ट, पुष्पा पाण्डेय, पुजा पातली, निकिता  क्षेत्री, भावना पातली, पवित्रा दमाई, निलम सिंह, कान्ती पातली, विमला नेगी, कोपिला खड्का, हेमा भट्ट, र टिम व्यवस्थापक  कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य नितेश रावल , टिम सहयोगी पुजा ओड  र एन्फा प्रशिक्षक पुष्कर शाहीको नेतृत्वमा महिला फुटबल टोलिको कञ्चनपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले ,महासचिव रमेश चन्द, सदस्य पदम चन्द लगायतले उत्साहका साथ बिधाई गर्नुका  साथै  असार २८ गते बिहीवार रौतहट प्रस्थान गरेको छ ।

असार २७ गते भएको रौतहट र बारा विचको खेलमा रौतहटले बारा लाई ४–० गोल अन्तरले हराउदै विजयी भएको छ । उक्त विजय टोली संग कञ्चनपुरले  पहिलो खेल असार ३० गते खेल्ने छ । 

कञ्चनपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले खेलाडीहरु लाई आफ्नो क्षेत्रको पहिचान संगै अग्रिम जितको शुभकामना संगै टिम क्याप्टेन पुनम परसवान लाई क्याप्टेन बेन्ड हस्तान्तरण संग जितको शुभकामना दिएका छन । उनले खेल क्षेत्रको लागि आफू सधै अग्रसर रहने बताए । संघका महासचिव रमेश चन्दको विशेष पहलमा र कोरियामा रहनु  भएका लाल साउँद र   सुरेश चौखेल लगायत साथीहरुको सहयोगमा २५ हजार  आर्थिक सहयोगमा भएको छ । खेल पोशाकमा ड्रेस , मोजा, प्याड र किपरको लागि गलप्स उपलब्ध गराएको बताएका छन् । 

उनका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको  विशेष पहलमा र संघको सहयोगमा टिम तय गरेको र खेलाडीहरुलाई उत्साहका साथ खेल खेल्ने र प्रयत्न अनुसारको फलको आशा गरेको र खेलाडीहरु का  प्रोत्साहन  खेल जगतमा सधै यसरी नै रहने पनि बताउनुका साथै अग्रिम जितका लागि शुभकामना दिएका छन।

राष्ट्रिय प्रतियोगितामा सातवटै प्रदेशका जम्मा २६ जिल्लाका टिमहरुको सहभागिता रहेको छ र कञ्चनपुर ४५ जिल्ला मध्य २६ भित्र पर्न सफल भएको हो भने प्रदेश नं. ७ बाट कञ्चनपुर र कैलालीको गरि दुई जिल्लाको सहभागिता  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ