2026-09-14 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ एजेन्डामा छलफल गर्दै नेपाल-भारत सीमा सुरक्षा बैठक दार्चुलामा सम्पन्न

लोकेन्द्रप्रसाद जोशी | असार २९, दार्चुला । दार्चुला सदरमुकाम खलंगामा बिहिबार नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । दुबै पक्षको तर्फबाट पुर्ब निर्धारीत २४ एजेन्डाहरुको बिषयमा छलफल गर्दै नियमित सीमा सुरक्षा बैठक सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरु सम्मेलित बैठकमा मुख्यतया बिपद् ब्यबस्थापन, सीमा अपराध र सीमा सुरक्षाका बिषयमा छलफल केन्द्रीत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । बैठकमा नेपाली पक्षको तर्फबाट १३ र भारतिय पक्षको तर्फबाट ११ एजेन्डामा छलफल भएको हो ।

बैठकले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दुवै देशका अधिकारीहरु सहकार्य गरेर  अगाडि बढ्ने समझदारी भएको छ । सीमा सुरक्षा समन्वय बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्दै सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको जानकारी गराइएको हो । यस्तै केहि दिन अघि मात्रै वन्यजन्तु तस्कर समातिएको कारण दुवै देशका अधिकारीबीच सूचना आदान प्रदान गरेर यस्ता गतिविधि निष्कृय पार्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ । दार्चुलामा हुने अपराधिक क्रियाकलाप दुई देशको मात्रै नभएर त्रिदेशीय सीमासम्म गतिविधि हुने भएकोले दुवै देशका अधिकारीहरुले ध्यान दिएर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । मानव वेचबिखन, अवैध चोरी शिकारी नियन्त्रण, अवैध सामान वन्यजन्तु जडिबुडी चोरी शिकारीको सम्बन्धमा सीमा क्षेत्रमा सहकार्य गरेरै अघि बढ्ने विषयमा छलफल भएको आचार्यले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

पिथौरागढका जिल्ला अधिकारी सी रविशंकरले सीमा क्षेत्र सम्बदेनशील भएको कारण दुवै क्षेत्रबाट सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताउनुभयो । खोतिला पहिरो ब्यबस्थापन, धौलिगंगा बाधँको सूचना आदानप्रदान गर्ने, दुबैदेशको पर्यटन पर्बद्धन गर्ने बिषयमा समेत छलफल भएको रबिशंकरले जानकारी दिनुभयो । बैतडीका प्रमुख जिल्ला अधिकारुी सिद्धराज जोशीले दार्चुला र बैतडीको समस्या समान भएको भन्दै सीमा क्षेत्रको समस्या समाधानको लागि साझा पहल भएको जानकारी दिनुभयो ।

बैठकमा नेपालकातर्फबाट अघिल्लो बैठकको समिक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, बंगाबगड खोतिला पहिरो, मानव वेचबिखन, अवैध सामान ओसारपासार जोडीबुडी ओसारपसार, लागू पदार्थ ओसार पसार नियन्त्रण, विपदमा खोज उद्धार तथा राहत, धौलीगंगा बाध खोल्ने समय, प्रस्तावित झोलुंगे पूलहरुको सहमतिबारे, दुइपक्षीय समन्वय, सूचना आदान प्रदान नियमित गर्ने, तथा अन्य विविध विषयमा छलफल गरिएको छ ।

यस्तै भारतीय पक्षले सीमा सम्बन्धी अपराध, अवैध नसालु पदार्थ ओसार पसार, मानव वेचबिखन,  अवैध सिकार, पारस्परिक सुरक्षा, नक्कली नोट, सीमा क्षेत्रमा हुने आइएसका गतिविधि, सीमा क्षेत्रका प्रहरीहरु बीचको समन्वय, दुवै क्षेत्रमा गस्ती, बंगाबडको पहिरो नियन्त्रण, प्रस्तावित पूलहरु सूचना आदान प्रदान लगायतका एजेण्डा प्रस्तुत गरिएको थियो ।

यसैबिच भारतको खोतिला पहिरो व्यवस्थापन भदौ अन्तिमदेखि काम सुचारु गर्न निर्देशन दिइएको छ । नेपाली पक्षले धारचुलाको खोतिला पहिरोका कारण सदरमुकाम खलंगा जोखिममा रहेको भन्दै बैठकमा एजेण्डा राखेका थिए । पिथौरागढका जिल्ला अधकिारी सी रविशंकरले सेप्टेम्बर १५ देखि काम सुचारु गर्न बैठकमा निर्देशन दिइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ