Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाको नौगाडमा बाढीबाट दर्जन बढि परिवार विस्थापित, सकडमा बास, राहत पुगेन

२०७५, २९ असार शुक्रबार ०२:४३

लोकेन्द्रप्रसाद जोशी | असार २९, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा बाढी र पहिरोकोका कारण दर्जन बढि परिवार विस्थापित भएका छन । केहि दिनदेखीको निरन्तर बर्षाका कारण बाढी पहिरोको चपेटामा परी दर्जन बढी परिवारको सडकमै बास भएको हो । दर्जनौ मानिसको सडकमा बास भएको छ भने गाउँपालिकामा बिभिन्न भौतिक संरचना क्षति हुदा करोडौको धनमाल क्षति भएको छ । सञ्चार समस्याका कारण क्षतिको एकिन बिवरण संकलनमा समस्या भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बिहीबार वडा नम्बर ५ र ६ मा अनुगमन गर्दा दर्जन बढि घर परिवार विस्थापित भएको पाइएको हो । गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, वडा अध्यक्षहरु, प्रहरी, समाजसेवी लगायतले स्थालगत अनुगमन गर्दा दर्जन बढि परिवार सडकमा विस्थापित भएका छन् । केहि आफन्तको शरणमा गएपनि अधिकांशको सडकमै बाँस छ ।

अहिलेसम्म जिल्लाबाट राहत पुगेको छैन । हिजो बिहानै जिल्ला प्रशासन, रेडक्रसलाई बिपद्बारे जानकारी गराइएको भएपनि राहत नआएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुभयो । गाउँपालिकासंग राहत सामाग्री छैन् । हिजो धनगढीबाट राहत सामाग्री माग गरेको धामीले बताउँनुभयो । स्थानीय बाढी पहिरो पिडितलाई त्रिपालको समेत ब्यबस्था गरीएको छैन ।


अहिलेसम्म देवसिह ठगुन्न्ना, नरभान धामी, हरुवा ठगुन्ना, फागुनसिह धामी, करे भूल, हरक ऐरी, रघुबीर ऐरी, लगायतका परिवारको सडक बाँस भएको जानकारीमा आएको गाउँपालिकाले जनाएको छ । उनीहरुको पुरै घर जमीन उच्च जोखिममा छन् । अझै गाउँमा पहिरो र नदीको सहत घटेको छैन् । ठाउँ ठाउँमा पहिरो आएका कारण उनीहरु विस्थापित भएका हुन् । गाउँपालिकाको वडा नम्बर १ , २, ३, ५, ६ वडाहरुमा बढि क्षति भएको छ । बाढि र पहिरोका कारण धुलीगडामा निर्माणाधीन अपि हाइड्रोपावरका अपर नौगाड जलविद्युतको ड्यामसाइड तहसनहस भएको छ । भने नागुमा रहेको १५ किलोवाट क्षमताको गोधानी लघुजलविद्युत बगाएको छ । विद्युत पूरै पहिरोकोले छोपेको बताइएको छ ।  अहिलेसम्म ४ वटा आरसीसी पूल बगाएको स्थानिय बताउँछन् । अझै पानी रोकिएको छैन् । नदीको बहाव उच्च नै छ । नौगाड खोला लगायतका खहरे खोलामा पानीको सतह बढेसंगै जोखीम कायमै छ । अहिलेसम्म जिल्लाबाट राहत तथा उद्धारको लागि टोली पुगेको छैन् । स्थानीय प्रहरीको सहयोगमा तथ्यांक संकलन गर्ने काम भइरहेको अध्यक्ष धामीले बताउनुभयो । नौगाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखीममा रहेको क्षेत्र हो ।

यसैबिच निरन्तरको बर्षाका कारण महाकाली, चमेलिया नदीमा समेत पानीको सतह बढेको छ । चमेलियामा पानीको सतह बढ्दा गोकुलेश्वर, हरीनगर बस्ती बाढीको जोखीममा रहेको स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ