साउन १०, काठमाडौं | साताको पाँचौ दिन बिहिबार सुनको बढेको छ । बुधबार प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज बढेर प्रतितोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बुधबार ५६ हजार ३ सयमा कारोबार भएको तेजावी सुन आज ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको तोलाको पाँच रुपैयाँले बढेको हो ।