२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

साथीको घर पढ्न गएकी बालिका मृत अवस्थामा फेला

२०७५, ११ श्रावण शुक्रबार ०७:५९

भास्कर के.सी | साउन ११,  कञ्चनपुर | विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शव आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको छ ।


बेलुका ५, ६ बजेसम्म घर नआउदा आमाले अहिले सम्म छोरी घर नआएको भन्दै खोज तलासी शुरु गरी  निम्बुखेडा १८ बस्ने साथी रोशनी बमको घर  पुगेर खबर बुझ्दा उनी  दिउँसो २ बजे त्यहाँबाट आफ्नो घर हिडे्की उनको साथी बमले बताएपछि केही बेर स्थानिय र आफ्न्तले खोज तलास गर्दा नभेटिएपछि राती नौ बजे निम्बुखेडा स्थिीत प्रहरी बिटमा खबर गरेका थिए । आफुहरु पनि माथिको निर्देशनमा हिडनु पर्ने र सोही समयमा हल्दुखाल स्थित एक गोठमा आगो लागेकोले प्रहरीको एक टोली आगो निभाउन गएको हुदाँ भोलि विहान (शुक्रबार) देखि नै खोजतालासी गर्ने प्रहरी बिटका इन्र्चाजले बताएको स्थानिय विमला पन्तले बताईन । 


शुक्रबार विहान ८ बजे स्थानियले बालिको कपि र साईकल देखेपछि खोजि गर्दै जाँदा भीनपा १८ स्थिीत पत्थरपुरको उखुबारीमा उनको शव फेला परेका थियो । 

प्रारम्भीक अनुसन्धानमा बालिकाको बलात्कार गरी हत्या गरिएको देखिन आएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए । आफुहरु हिजो राती देखि नै बालिकाको खोजीमा रहेको र हत्याको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान चलिरहेको खडकाले बताए ।

भीनपा २ सरस्वती टोल, उल्टाखाम बस्दै आएकी पन्त कक्षा ९ मा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरक्त थिइन । आर्थिक अवस्था निकै कमजोर रहे पनि उनि पढाईमा राम्रो हुनुका साथै आफनो टोलमा पनि राम्रो बालिकाको रुपम चिनिएको स्थानियहरुले बताए । बुवा  यज्ञराज पन्त भारतमा काम गर्दै आएका छन् भने आमा दुर्गा पन्त भारतबाट साईकलमा समान ल्याई आफु र आफ्ना तिन छोरीको पालन पोषण गरी रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय