2026-09-15 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कांग्रेसले विपिको नाममा राजनिति मात्रै गर्यो, व्यवहारमा उतारेन: महामन्त्री

कमला राना मगर | साउन ११, नवलपरासी | नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले विपिको नाममा राजनिति मात्रै गरीरहेको तर व्यवहारमा नउतारेको बताउनुभएको छ ।

आज कावासोतिमा आायोजित नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघ नवलपुरको दोस्रो अधिवेशनको खुल्ला सत्रलाइ सम्बोधन गर्नुहुदै महामन्त्री कोइरालाले विपिले जहीले पनि समावेशि राजनिति चाहेको बताउनुहुदै जनसाख्यीक हिसावले तेस्रो नम्बरमा रहेको मगर समुदायलाइ पनि नेपाली कांग्रेसले समेटेर अगाडि बढनुपर्ने बताउनुभयो ।

आफ्नै संस्कार र संस्कृति तथा पहीचान रहेको मगर समुदायको इतिहास कालदेखि नै ठुलो योगदान रहेको बताउनुहुदै महामन्त्री कोइरालाले नेपाली कग्रेसलाइ एकबद्ध बनाउनको लागी समेत मगर समुदायको ठुलो भुमिका हुने बताउनुभयो ।

यसैगरी कार्यक्रममा वोल्नुहुदै नेवि संघका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु राज घिमिरेले कसरी मगर समुदायलाइ पार्टिमा धेरै भन्दा धेरै आवद्ध गराउन सकीन्छ भन्ने तर्फ पार्टि लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस सबै जातजातिको साझा घर भएको बताउनुहुदै केन्द्रीय सदस्य घिमिरेले मगर समुदायको पहीचान सहीतको मुद्दा नेपाली कग्रेसले मात्र पुरा गर्ने दावि गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एव प्रदेश सभासदन कृष्ण चन्द्र नेपालीले आर्थिक, राजनैतिक तथा समाजिक हिसावले अव मगर समुदाय अगाडी बढनुपर्ने समय आएको बताउनुभयो ।

मगर समुदायले आफुभित्र रहेको क्षमतालाइ पहीचान गर्नुपर्ने बताउनुहुदै पुर्व केन्द्रीय सदस्य नेपालीले नेपाली कांग्रेसलाइ अगाडी बढाउनको लागी मगर समुदाय आव एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री शसाक कोइरालाको प्रमुख आतीथ्यता रहेको कार्यक्रममा नेवि संघका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु राज घिमिरे, नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एव प्रदेश सभा ससद कृष्ण चन्द्र नेपाली, प्रदेश ससद ओमकला गौतम, नेपाल भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्णेल धन बाहादुर मास्की राना, नेपाली कांग्रेस महासमीति सदस्य गजेन्द्र आले, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आर सी भट्टराइ, प्रेस युनियनका केन्द्रीय सचिव केवि राना, नेपाली कग्रेस नवलपरासी जिल्ला सचिव बालकृष्ण घिमिरे, जिल्ला समन्वय समीति प्रमुख चेसराम आले, मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र बाहादुर राना लगाएत पार्टि सभापतिहरु, क्षेत्रिय सभापतिहरु लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ