२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकभरका इट्टा उद्योगहरुमा बाल श्रमको अन्त्य गर्ने सरकारको घोषणा

२०७५, १४ श्रावण सोमबार १०:४२

साउन १४, काठमाडौं । सरकारले मुलुकभरका इट्टा उद्योगहरुमा कुनै पनि प्रकारका बाल श्रमको प्रयोग गर्न नपाउने घोषणा गरेको छ। नेपाल इट्टा उद्योग महासंघ पदाधिकारी  र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट विच मन्त्रलायमा दुवै तर्फबाट साझा प्रतिवद्धता व्यक्त गरिएको हो । 

सरकारले गत असार २४ गते मन्त्रीपरिषदबाट बालश्रम निवारण राष्ट्रिय गुरुयोजना २०७५-२०८५ पारित गरेको थियो ।  उक्त गुरुयोजनाले बि.स. २०७९ सम्म अमर्यादित र शोषण रहित बालश्रमको अन्त्य गर्ने र बि.स.२०८२ सम्म सबै प्रकारका बालश्रम निवारण गर्ने लक्ष्य लिएको छ। सोहि लक्ष्यलाई कार्यन्वयन गर्नको लागि यो समझदारी कोशेढुंगा भएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए । 

यो समझदारीलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नको लागि प्रभावकारी अनुगमन गरिन्छ मन्त्री विष्टले भने ''कोहि कसैले बालश्रमको प्रयोग गरिरहेको छ भन्ने प्रश्न चिन्ह उठाउन नपाउने गरि सरकारले कार्यान्वयन गर्छ।" इट्टा भट्टामा काम गर्ने परिवारका बालबालिकालाई नजिकका विद्यालय सम्म पुर्याउने र नजिक विद्यालय नभएका क्षेत्रमा घुम्ती विद्यालायको लागि पनि सरकारले आवश्यक पहल गर्ने मन्त्री विष्टले बताए।  

केन्द्र सरकार, प्रदेश, स्थानीय तह तथा निजी उद्योगी सबैसंगको सहकार्य सहयोग र समन्वयबाट सबै प्रकारका बालश्रम पूर्ण रुपमा निवारण गर्दै मुलुकलाई बालश्रम रहित बनाउने श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बताए। 

नेपाल इट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले व्यवसायी स्वयंको अग्रसरतामा बाल श्रमको अन्त्य गर्ने अठोट गरिएकोले कार्यान्वयन गराउने प्रतिवद्धता जनाए। हाल मुलुकभर करिब ११ सय इट्टा उद्योगहरु संचालनमा रहेका मध्ये १ सय १० वटा उद्योग काठमाडौं उपत्यका भित्रै संचालनमा रहेका छन् । ती इट्टाभट्टाहरुमा अझैपनि बालश्रमिकको प्रयोग हुँदै आएको पाइएपनि देशभर जम्मा २/३ हजार मात्रै बालश्रमिक रहेको अध्यक्ष चित्रकारले दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ