2026-10-29 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुख ढलेकोमा कांग्रेस नेतृ सापकोटालाई पिडा

प्रेम सुनार | साउन १५, गुल्मी | गुल्मीको सदरमुकाममा ऐतिहाँसिक लाँकुरीको रुख एउटा ढलेको छ भने अर्को ढलाईएको छ । राणशासन  विरुद्धको आन्दोलनका क्रमममा नेपाली कांग्रेसका शम्शेरबहादुर खत्रीको अमरपुरमा टाउँको काटेर त्यस लाँकुरीमञ्मा ल्याई प्रदर्शन गरिएको थियो । अहिले धुर्कोट गाउँपालिका उपप्रमुख शिबबहादुर खत्रीका पिता थिए उनि ।

पञ्चायत विरोधी आन्दोलनका क्रममा आफ्नो घर धुर्कोट रजस्थल हुँदै अमरपुर पुगेका खत्रीलाई २०१८ सालमा सदरमुकामबाट तत्कालिन हवल्दार रेलबहादुर थापा मगरको नेतृत्वमा पुगेको प्रहरीले गर्धनमा काटेर टाउँको ल्याएर तम्घास लिएर आएको थियो । 

तत्कालिन बडाहाकिम चन्द्रमान थाकालीको निर्देशनमा शहिद शम्शेरबहादुर थकालीको टाउँको टुप्पी समातेर त्यस लाँकुरीमञ्चमा सारा मानिसहरु भेला गराई अब देखि  पञ्चायत विरुद्ध आवाज उठाउनेहरुको हालत यस्तै हुनेछ भन्दै प्रर्दशन गरिएको थियो ।

यस जिल्लामा २००७ साल देखि भएका कुनै पनि राजनैतिक दलका आन्दोलनको उद्घोष गर्ने र विर्सजन गर्ने थलो लाँकुरीमञ्च नै रहँदै आएको छ । उक्त रुखलाई  गुल्मीको राजनैतिक ईतिहाँसका रुपमा लिईन्छ । सरकारी कार्यालयले गर्ने कार्यक्रम पनि त्यहीबाटै गरिदै आएको छ ।

उक्त रुख ढलेर शोभा हराएको भन्दै नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटाले फेशबुक मार्फत पिडाबोध गरेकी छन । उनले स्टाटसमा यस्तो लेखेकी छन–‘ राणशासन, पञ्चायती ब्यवस्था, प्रजातन्त्र र लोकतन्त्र सम्मको आन्दोलमा आवजबुलन्द गर्ने सुन्दर थलो उजाड भएको छ । ’

उनले तम्घासको सितल छाहरी र गहना त्यसरी उजाड हुँदा मनमा पिडा भएको कुरा ब्यक्त गरेकी छटन । त्यस लाँकुरीमञ्चलाई रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले त्यस ऐतिहाँसिक मञ्चमा एउटा सुन्दरपार्क निर्माण गर्ने बचन दिएको प्रति सन्तोष ब्यक्त गरेकी छन ।

केहि दिन अघि त्यस लाँकुरीमञ्चको एउटा रुख आफै ढले पछि अर्को रुखको पनि जरा सडेर  जोखिम हुन सक्ने भन्दै हालै ढलाईएको छ ।  तम्घासका ८० वर्षिया समाज सेवी रुद्रबहादुर भुजेल भन्छन–‘ लाँकुरीमञ्च धेरै पुरानो तम्घास कै मुटु मान्दै आएका छौं । जहाँ तत्कालिन बडाहाकिम चन्द्रमान थाकालीले शम्शेरबहादुर टाउँको टुप्पीमा समातेर सवैलाई त्रसाएका थिए । ’

अर्का पुराना समाज सेवी नन्दराम भुसालले पनि आफु सानै छँदा शम्शेरबहादुरको टाउँको प्रदर्शन गरेर हामी त्यति वेलाका वालवालिकाहरुलाई समेत डराउने पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ