2026-09-01 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुख ढलेकोमा कांग्रेस नेतृ सापकोटालाई पिडा

प्रेम सुनार | साउन १५, गुल्मी | गुल्मीको सदरमुकाममा ऐतिहाँसिक लाँकुरीको रुख एउटा ढलेको छ भने अर्को ढलाईएको छ । राणशासन  विरुद्धको आन्दोलनका क्रमममा नेपाली कांग्रेसका शम्शेरबहादुर खत्रीको अमरपुरमा टाउँको काटेर त्यस लाँकुरीमञ्मा ल्याई प्रदर्शन गरिएको थियो । अहिले धुर्कोट गाउँपालिका उपप्रमुख शिबबहादुर खत्रीका पिता थिए उनि ।

पञ्चायत विरोधी आन्दोलनका क्रममा आफ्नो घर धुर्कोट रजस्थल हुँदै अमरपुर पुगेका खत्रीलाई २०१८ सालमा सदरमुकामबाट तत्कालिन हवल्दार रेलबहादुर थापा मगरको नेतृत्वमा पुगेको प्रहरीले गर्धनमा काटेर टाउँको ल्याएर तम्घास लिएर आएको थियो । 

तत्कालिन बडाहाकिम चन्द्रमान थाकालीको निर्देशनमा शहिद शम्शेरबहादुर थकालीको टाउँको टुप्पी समातेर त्यस लाँकुरीमञ्चमा सारा मानिसहरु भेला गराई अब देखि  पञ्चायत विरुद्ध आवाज उठाउनेहरुको हालत यस्तै हुनेछ भन्दै प्रर्दशन गरिएको थियो ।

यस जिल्लामा २००७ साल देखि भएका कुनै पनि राजनैतिक दलका आन्दोलनको उद्घोष गर्ने र विर्सजन गर्ने थलो लाँकुरीमञ्च नै रहँदै आएको छ । उक्त रुखलाई  गुल्मीको राजनैतिक ईतिहाँसका रुपमा लिईन्छ । सरकारी कार्यालयले गर्ने कार्यक्रम पनि त्यहीबाटै गरिदै आएको छ ।

उक्त रुख ढलेर शोभा हराएको भन्दै नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटाले फेशबुक मार्फत पिडाबोध गरेकी छन । उनले स्टाटसमा यस्तो लेखेकी छन–‘ राणशासन, पञ्चायती ब्यवस्था, प्रजातन्त्र र लोकतन्त्र सम्मको आन्दोलमा आवजबुलन्द गर्ने सुन्दर थलो उजाड भएको छ । ’

उनले तम्घासको सितल छाहरी र गहना त्यसरी उजाड हुँदा मनमा पिडा भएको कुरा ब्यक्त गरेकी छटन । त्यस लाँकुरीमञ्चलाई रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले त्यस ऐतिहाँसिक मञ्चमा एउटा सुन्दरपार्क निर्माण गर्ने बचन दिएको प्रति सन्तोष ब्यक्त गरेकी छन ।

केहि दिन अघि त्यस लाँकुरीमञ्चको एउटा रुख आफै ढले पछि अर्को रुखको पनि जरा सडेर  जोखिम हुन सक्ने भन्दै हालै ढलाईएको छ ।  तम्घासका ८० वर्षिया समाज सेवी रुद्रबहादुर भुजेल भन्छन–‘ लाँकुरीमञ्च धेरै पुरानो तम्घास कै मुटु मान्दै आएका छौं । जहाँ तत्कालिन बडाहाकिम चन्द्रमान थाकालीले शम्शेरबहादुर टाउँको टुप्पीमा समातेर सवैलाई त्रसाएका थिए । ’

अर्का पुराना समाज सेवी नन्दराम भुसालले पनि आफु सानै छँदा शम्शेरबहादुरको टाउँको प्रदर्शन गरेर हामी त्यति वेलाका वालवालिकाहरुलाई समेत डराउने पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली