2026-10-29 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काग्रेस नेताले भने–‘कम्युनिष्टहरु संसारका कलंकहरु हुन्’

प्रेम सुनार | साउन १५, गुल्मी | नेपाली कांग्रेस गुल्मीले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्न यहाँ आई पुगेका सो पार्टीका केन्द्रिय सदस्य गुरु प्रसाद घिमिरेले आफ्नो झण्डै एक घण्टा लामो भाषणको पुरै समय कम्युनिष्टहरुलाई गाली गलौज मै खर्चिका छन ।

नेकपाका अध्यक्षद्धयः  प्रधानमन्त्री केपी शर्मा आली र प्रचण्डलाई दिमाग नै खुस्केका हुन कि जस्तो आफुलाई लागेको सम्म  उनले भन्न भ्याए ।  संसारमा कम्युनिष्टहरु कलंक हुन’– उनले भने–‘विश्वभर करोडौंको ज्यान लिने  यिनीहरु रावण हुन ।

उनले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी चरित्र देखाएको र अंहकार बोकेको नेता भएको आरोप लगाए ।  अध्यक्ष प्रचण्डले अब सवै   गुमाएर सुकुम्वासी भएको भन्दै उनले दया देखाए  । अहिले सम्म नेपालमा  भएका सवै विकासहरु  कांग्रेसले मात्रै गरेको उनले दावी  गरे ।

तत्कालिन नेकपा एमाले सरकारमा जाँदा जहिले पनि बृद्ध भत्ता बाहेक केहि गर्न नसकेको भन्दै उसलाई होच्चाएर बेलेका थिए । उनि धेरै पटक तत्कालिन एमाले माथी ओईरिएका थिए । उनले भने –‘२०६२/०६३ को जनआन्दोलनमा तत्कालिन माओवादीका प्रचण्डहरु बरु हामी संगै आन्दोलनमा थिए ।

तर केपी ओलीहरु त्यो आन्दोलनले राजतन्त्र फाल्छु भन्नु अमेरिका सम्म वयलगाडा चढेर जान्छौं भन्नु जस्तै हो भन्दै आराम गरेर बसका थिए । अर्का नेता माधव नेपाल राजकहाँ प्रधानमन्त्री बन्न पाउँ भन्दै पुगेका थिए ।’

उनले नेपालमा हाल सम्म भएका सवै खाले परिवतर्नहरु नेपाली कांग्रेसको आन्दोलनबाट मात्रै भएको जिकिर गर्न अफ्ठ्यारो मानेन ।   खेत बनाउने, रोपाई गर्ने, धान धन्काएर कुटेर चामल पकाउने आफुहरु कांग्रेस भएको र अहिलेको नेकपाले आफुहरु संग  खोसेर भात खाने गरेको भन्दै गिल्ली गरेका थिए । 

नेता घिमिरेले  दिपकराज जोसीलाई  प्रधानन्याधिशमा नियुक्ति नगरे कांग्रेसले आन्दोलन थप चर्काउने चेतवानी सरकारलाई दिए । उनि  र यहाँका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ सहित भाषण गर्ने सवै नेताहरु कम्युनिष्टहरु प्रति कडा रुपमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ