२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत, यस्ता छन् ६ कारण

२०७५, १८ श्रावण शुक्रबार ०८:३८

साउन १८, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकमा दुई तिहाईभन्दा धेरै सांसद जोशीको विरुद्धमा उभिएपछि उनि अस्वीकृत भएका हुन् ।

प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि जोशीको पक्षमा एक भोट पनि खस्न सकेन । 

जोशी अस्वीकृत हुनुका कारणहरु यस्ता छन् :-

१. प्रधानन्यायाधीशमा नियुक्त भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने प्रश्नमा ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको ।

२. लिखित उजुरी र सार्वजनिक रूपमै प्राप्त आचरण, इमान्दारिता र कार्यक्षमतासम्बन्धी प्रश्नमा सन्तोषजनक जवाफ दिन नसकेको ।

३. शैक्षिक प्रमाणपत्र सन्देहात्मक रहनुका साथै जन्ममिति पनि फरक–फरक रहेको देखिएको सम्बन्धमा यथेस्ट प्रमाण र सन्तोषजनक जवाफ दिन नसकेको ।

४. सार्वजनिक आचरण र कामकारवाही सम्बन्धमा पूर्वन्यायाधीश र न्यायाधीशहरूबाट नै लिखित रूपमा टिप्पणि गरेको पाइएको ।

५. सर्वोच्च अदालतमा रहेर कार्यसम्पादन गर्दा नेपालको न्याय प्रणालीलाई योगदान दिन सक्ने कुनै पनि काम गरेको दृष्टान्त पेश गर्न नसकेको ।

६. जोशी प्रधान्यायाधीश नियुक्त भएमा नेपालको न्यायालय स्वतन्त्र, निष्पक्ष, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने विषयमा समितिका सदस्यहरू विश्वस्त हुन नसकेको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ