२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकदिवसीय क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १ रनले पराजित

२०७५, १८ श्रावण शुक्रबार १६:५१

साउन १८, काठमाडौं । एकदिवसीय क्रिकेटमा पहिलो खेलको बिजेता नेदरल्याण्डलाई नेपालले दोश्रो खेलमा १ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्डलाई २१७ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको उक्त लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाएर पराजित हुन पुग्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक भन्दा बढी रन जोडे यस  छन् । नेपालका लागि नवौं विकेटको रुपमा सोमपाल कामीले सर्वाधिक ६१ रन बनाएका थिए । कामीले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै निकै कमजोर लयमा ब्याटिङ स्कोर बनाएको नेपाललाई चित्त बुझ्दो स्कोरमा पुर्याएका थिए । त्यस्तै नेपालका लागि कप्तान पारस खड्काले पनि अर्ध सतक पुरा गरे, खड्काले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रङ बनाएका थिए ।

त्यस्तै, नेपालका लागि सुवास खकुरेल र दिपेन्द्र सिङ ऐरीले समान १९/१९ रन बनाए भने आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्लले १३ रन, सन्दिप लामिछानेले ८ रन, रोहित पौडेलले ६ रन, अनिल साहले ४ रन, ललित भण्डारीले ४ रन र बसन्त रेग्मीले १ रन बनाएका थिए । 

खेलमा नेदरल्याण्डको लागि फ्रेड क्लासेनले ३ विकेट, मिचेल रिप्पोन र पिटर सिलारले समान २/२ विकेट र सेन स्नातेर र पउल वान मिकेरेनले १/१ विकेट लिएका थिए । 

आजको खेलमा नेदरल्याण्डलाई पराजित गर्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट, ललित भण्डारीले २ विकेट, सोम्पाल कामी, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिङ ऐरीले समान १/१ विकेट लिएका थिए । खेलमा अन्तिम ओभरको अन्तिम बल गर्ने क्रममा कप्तान पारस खड्का बलरको रुपमा थिए । १ बलमा जितको लागि नेदरल्याण्डलाई २ रन आवश्यक थियो तर पारसले उत्कृष्ट बलिङ गर्दै नेदरल्याण्डलाई रन जोड्न दिएनन् र नेपाललाई रोमान्चक जित दिलाउन सफल भए । 

पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो । ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको थियो । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पर्ने हुन्छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्डले नेपाललाई बुधबार ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ