२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

माओवादी केन्द्रको नवलपरासीमा बैठक: माओवादी केन्द्र छोडेर नजान अपिल

२०७५, २० श्रावण आईतवार ०५:२२

साउन २०, नवलपरासी | ने.क.पा.(माओवादी केन्द्र) को ५ नं. प्रदेश अन्तर्गत नवलपरासी जिल्ला पार्टी कमिटीको प्रथम वैठक गोपीगञ्ग स्थित पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको छ । 

ने.क.पा.(माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रदेश नं. ५ का पार्टी इन्चार्ज भविसोर पराजुलीको प्रमुख आथिथ्यतामा सम्पन्न भएको उक्त बैठकमा पार्टी सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज क. राजु प्रसाद हरिजनको अध्यक्षता रहेको थियो । 

पार्टी सचिवालय सदस्य तथा क्रान्तिकारी संयुक्त मोर्चाका ५ नं. प्रदेशका संयोजक विनोद उपाध्याय र पार्टी सचिवालय सदस्य तथा क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष सारदा प्रसाद पौडेलको विशेष उपस्थिती रहेको उक्त वैठकको संचालन जिल्ला पार्टी कार्यालय सुन्दर चौधरीले गरेका थिए । वैठकमा जिल्लाका पार्टी पोलिटव्यूरो सदस्यहरु, महाधिवेशन आयोजक समिति सदस्यहरु, पार्टी सल्लाहाकार र जिल्ला सह इन्चार्जहरुको उपस्थिती रहेको थियो । 


वैठकको आरम्भमा सहिदहरु प्रति श्रद्धाञ्जली तथा प्रचण्ड लगायतको समुहले ने.क.पा.(माओवादी केन्द्र) परित्याग गरेपछिको स्थितिमा माओवादी आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिने प्रतिवद्धता सहित सुरु भएको थियो । त्यसपछि जिल्ला समितिका कमरेडहरुले आफ्नो क्षेत्र र जिम्मा अन्तर्गतको रिपोटिड गरिएको थियो । रिपोटिडको अन्त्यमा प्रमुख अतिथि तथा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश नं. ५ का पार्टी इन्चार्ज भविसोर पराजुलीले वर्तमान देशको राजनीतिक परिस्थिती र पार्टीको नीति, योजना र कार्यक्रमका साथै राजनैतिक वैचारिक विषयमा बैठकलाई प्रशिक्षण गरेका थिए ।  

वैठकले जिल्लाका, पालिका र बार्ड स्तरमा जवस, मोर्चा, र विभागहरु गठन गर्ने, पार्टीका तीन अभियानः भ्रष्टाचार र मंहगी विरुद्धको अभियान, विचारधारात्मक तथा संगठन सुदृढीकरण अभियान, राष्ट्रिय स्वाधिनता प्रतिरक्षा अभियानलाई निरन्तरता दिने, माओवादी मान्नेहरुको विचमा पार्टी एकताको लक्ष्य राखेर मोर्चा बनाउने पार्टीको निर्णय बमोजिम जिल्ला स्तरको मोर्चा बनाई सघर्षलाई तिव्र बनाउने, कथित एकताको राजनीतिक तथा वैचारिक रुपमा भण्डाफोर गर्ने, माओवादी केन्द्र छोडेर नजान जिल्लाका सवै कमरेडहरुलाई अपिल गर्ने, छोडेर गएकाहरुलाई घर फर्कन आह्वान गर्ने र जिल्ला कार्यालय सदरमुकामको परासीमा  स्थापना गर्ने जस्ता माओवादी आन्दोलनलाई निरन्तरता दिने ऐतिहासिक निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष भविसोर पराजुलीले जानकारी दिएका छन् । 

बैठकका अध्यक्ष तथा जिल्ला इन्चार्ज क. राजु हरिजनले बैठकका ऐतिहासिक निर्णयलाई दृढतापूर्वक कार्यान्वय गर्न निर्देशन दिदै सौहार्दपूर्ण वातावरणमा बैठक समापन भएको घोषणा गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा