२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोट अपडेटः मृतकको संख्या ८ पुग्यो

२०७५, २० श्रावण आईतवार १२:३२

प्रेम सुनार | साउन २०, बुटवल । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।  एक जना अझै बेपत्ता   छन् ।जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  दिएको  जानकारी अनुसार  मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतली, उउनकी १० वर्षिया छोरी भावना, ७ बर्षिया मनिषा, ३ वर्षिया भगवती रहेका छन । 

उनिहरु  सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ । त्यस्तै, घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । 


सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा कुशे –६ ढिमेका कृष्ण परियारका ११ वर्षिय छोरा नविन परियार र प्रेम परियारका १३ वर्षिय छोरा  नरेन्द्र परियार  तथा  नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् । आज विहान त्यसको केहि वेर अघि मात्र उनि त्यस घरमा खेल्न गएका थिए ।  प्र.ज.अ. बस्नेतका अनुसार दर्शक परियार र अहिले सम्म बेपत्ता उनका भाईका बाबु  आमा कोही नभए पछि दिदी माया परियारले हुर्काउँदै आएकी थिईन ।   अव एक जनाको मात्रै खोजी हुन बाँकी रहेको क्षतिको विवरण पुरै आई नसकेको  बस्नेतले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो