२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यचौकीको भवनका लागि जग्गा प्रदान

२०७५, २१ श्रावण सोमबार ०३:४६

साउन २१, पर्वत (रासस) | यहाँका एक दम्पतीले गाउँमा स्वास्थ्यचौकीको भवन बनाउन रु ३० लाख पर्ने जग्गा निःशुल्क दान गरेका छन् । 

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्यचौकीको भवन बनाउनका लागि जग्गा अभाव भएपछि स्थानीय छत्रबहादुर क्षेत्री र उहाँकी श्रीमती भद्रकला क्षेत्रीले पाँच आना बराबरको जग्गादान गरेका हुन् । 

गाउँका नागरिकलाई प्रत्यक्ष रुपमा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले दिवंगत आफ्नो साहिलो छोरा खड्काबहादुर क्षेत्रीको स्मृतिमा जग्गादान गरेको छत्रबहादुरले बताउनुभयो । उहाँका छोरा खड्काबहादुर क्षेत्रीको करीब १२ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएको थियो । 

जग्गाको लाजपूर्जा आइतबार शहरी स्वास्थ्य केन्द्रको नाममा नामाकरण गरिएको छ । उक्त जग्गाको लालपूर्जा जग्गादाताले शहरी स्वास्थ्यचौकीका अध्यक्ष तथा वडाध्यक्ष यदुनाथ बास्तोलालाई हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै जग्गादातालाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द जोशी र कुश्मा नगरपालिका–२ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । नगरप्रमुख जोशीले जग्गा प्राप्त भएसँगै आवश्यक सुविधासहितको भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ