www.sajhaswal.com.np)मा आए लगत्तै  सहयोगी मनहरु अनगिन्ती ओईरिन थालेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... www.sajhaswal.com.np)मा आए लगत्तै  सहयोगी मनहरु अनगिन्ती ओईरिन थालेका "/>
2026-10-29 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समचार प्रभाव: विवाह नहुँदै आमा बने तम्घास अस्पतालका नर्सहरु

प्रेम सुनार। साउन–२९, गुल्मी। विपन्न परिवारका एक जना बालकलाई गुल्मीको जिल्ला अस्पतात तम्घासका स्वास्थ्यकर्मीहरुले आफैले चन्दा उठाएर उपचार गरिरहेको समाचार यस साझा सबाल मिडिया (www.sajhasawal.com.np)मा आए लगत्तै  सहयोगी मनहरु अनगिन्ती ओईरिन थालेका  छन ।

सोमबार हामीले  सो जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर–३ ईस्मारजस्थल ठुलाचौरका भक्तबहादुर कुमालका ४ बर्षिय छोरा उमेशको  जलेर गम्भीर घाईते भएको र उनिहरुसंग आर्थिक अभाव भएका कारण  त्यस अस्पतालका स्वास्थ्यकर्मीहरुले आफै चन्दा उठाएर उपचार गरेको समाचार प्रकाशित गरेका थियौं ।

उक्त समाचार प्रकाशित भए लगत्तै देश विदेशबाट सहयोग गर्नका लागि फोन गर्नेहरुको फोन उठाई साध्ये छैन । मंगलबार विहान ति बालकहरुको बाबुको भुमिकामा सदरमुकाम तम्घासका थुप्रै युवाहरु ति बालकले उपचार गराई रहेको शैयामा पुगेका थिए ।

कसैले हजार त कसैले चार पाँच हजार खल्तीबाट निकालेर ति वालककी आमा राधिका र उनका श्रीमानलाई दिदै थिए । त्यस अस्पतालका नर्शहरु ति वालकको दिशा पिशाव सफा गर्दै थिए । मानवतामा धनी गरिव हुँदैन भन्ने उदाहरण त्यहाँ स्पष्ट देख्न पाईन्थ्यो ।

ति वालकका आमा बाबु दुवै अपाङ्ग , उनको स्यार सुसार पनि खासै गर्न नसेक्ने । घाउँले पोलेर ति रोएको रोएै छन । काँखमा राख्ने , भुलाउने तिनै नर्सहरुले गरी रहेका छन । त्यहाँ कि नर्सिङ्ग ईञ्चार्ज सबिता कौशल भन्छिन–‘ सुरुमा ल्याउँदा यी बाबुको अबस्था एकदम नाजुक थियो । यहाँ आईसियु कक्ष नभएका कारण नवजात शिशु राख्ने एउटा कोठामा लगेर राख्यौं ।

उनलाई नशा मार्फत औषधी दिनु पर्ने तर शरिर पुरै जलेकोले  नशा पत्ता लगाउन गाह्रो भए पछि नाकबाट औषधी दियौं । हामी आत्मै देखि यी बालकको  हामी बनेर दिशा पिशाव सफा गर्ने देखि सवै प्रकारको स्याहर सुसार र उपचार गर्दै आई रहेका छौं , आज यो अवस्थामा देख्दा एकदम खुशी छौं ।  यी बालकलाई यहाँ सम्म ल्याउनमा सबै डाक्टर सावहरु देखि हामी सवै नर्श स्टाफहरुको उत्तिकै भुमिका छ ।’

त्यसो भए बिहे नभई आमा बन्नु भयो है ? भन्ने प्रश्नमा कौशलले लजाउँदै भनिन–‘ हो हामी सबै  उनको  आमा बनेकै हो । ’ बिहान सहयोग गर्न जाने युवाहरुले पनि धर्म बाबुको भुमिका निभाई रहेका थिए । सन्तान जन्माएर मात्रै बाबु आमा बनिदैन भन्ने उदाहरण थियो त्यो । कसैले त खल्तीमा बिहानीको चिया पिउने दश–बिस रुपैयाँ मात्रै निकालेर दिदै थिए ।

तम्घास भिमचोकका झविन्द्र पाण्डे भन्छन–‘ अहिले विहानै उठरे त्यो न्युज हेरे, मलाई चिया पिउन मन लागेन । जुरुक्क उठेर अस्पतालमा आएँ । बालक रहेको ठाउँमा पुगेर मेरो खल्तीमा जति पैसा थियो उति  दिएर आएँ ।’  तम्घासको उदिनढुङ्गा स्थित न्यु कालिका होटलका मालिक सागर कार्की, राम मेडिकल हलका मालिक, गोपाल खत्री , कृष्ण खत्री लगायतका युवाहरु सहयोगका लागि लामबद्ध थिए ।

उनिहरु आफुले मात्र सहयोग नगरी अरुलाई पनि सहयोगका लागि अपिल गर्ने अभियान सामाजिक सञ्जालबाट चलाउँछौै भन्दै थिए । सहयोग गरेको प्रति त्यस अस्पतालका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीले धन्यवाद  दिए । उनले भने अहिले सम्म हामी स्टाफहरुले मात्रै चन्दा उठाएर बालकलाई यहाँ सम्म ल्याएका थियौ, अब मिडियाका सहायताले अरुले पनि सहयोग गर्न थालेकोमा धन्यवाद दिन्छौं । ’

उनले सुखत मुद्रमा थपे–‘ सुरुमा नाकबाट औषधी दिनु पर्ने यी बालकले अहिले खान खाँदा मासु माग्न थालेका छन अब उनलाई बिहान बेलुका दुबै छाक मासु दिने निर्णय हामी सवै डाक्टरहरुले गरेका छौं । साउन ८ गतेका दिन घरको तलाबाट खसेर अगेनामा पकाउँदै गरेको दालको भाँडामा खसेका बालक परिवारका सदस्य बाहिर हुँदा धेरै बेर त्यही तातो दालमा डुबेर बेहाल जलेका थिए ।

पछाडीको शरिर सुरुमा मिडियामा देखाउनै नसक्ने थियो । छिमेकी संग हार गुहार गरेर बाटो खर्च बनाई त्यस अस्पतालमा आएका  थिए । आईसियु कक्षको अभावमा ति बालकलाई पाल्पा रिफर गरिएको थियो । उनका दुवै अपाङ्ग बाबु आमाले हामी संग एक रुपैयाँ पैसा छैन कसरी जाउँ भने पछि त्यसै अस्पतालमा बैकल्पीक आईसियु कक्षका रुपमा बेग्लै कोठामा  तातो बाफ दिने हिटर लगायतको ब्यबस्था गरेर जोखिम मोल्दै त्यहाँका स्वास्थ्यकर्मीहरुले सके सम्म बचाउने जिम्मा लिएका थिए ।

‘यदि यस क्रममा ति बालकको अप्रिय घटना घटेको भए कतिपयले उक्साएर डाक्टरको लापर्वाहीले भन्दै आन्दोलनको आगो बाल्ने थिए, –सहयोग गर्न जाने मध्येका सागर कार्कीले भने–‘ यस्तो जोखिम मोल्ने स्वास्थ्यकर्मीहरु देशैभरका उदाहरणका पात्र हुन ।’

ति परिबारको सम्पत्तीको नाममा सानो झुपटी छ । तिन महिना खान पुग्ने जमिन छैन । घरमा बृद्धा आमाको मजदुरीको भरमा चुलो बल्ने गरेको छ ।  उनिहरुलाई सहयोग गर्न चाहने महानुभावले उनिहरुको मोबाईल नम्वर ९८०५४८९२०२ मा सम्पर्क राख्न सक्नु हुने छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ