www.sajhaswal.com.np)मा आए लगत्तै  सहयोगी मनहरु अनगिन्ती ओईरिन थालेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... www.sajhaswal.com.np)मा आए लगत्तै  सहयोगी मनहरु अनगिन्ती ओईरिन थालेका "/>
2026-09-01 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समचार प्रभाव: विवाह नहुँदै आमा बने तम्घास अस्पतालका नर्सहरु

प्रेम सुनार। साउन–२९, गुल्मी। विपन्न परिवारका एक जना बालकलाई गुल्मीको जिल्ला अस्पतात तम्घासका स्वास्थ्यकर्मीहरुले आफैले चन्दा उठाएर उपचार गरिरहेको समाचार यस साझा सबाल मिडिया (www.sajhasawal.com.np)मा आए लगत्तै  सहयोगी मनहरु अनगिन्ती ओईरिन थालेका  छन ।

सोमबार हामीले  सो जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर–३ ईस्मारजस्थल ठुलाचौरका भक्तबहादुर कुमालका ४ बर्षिय छोरा उमेशको  जलेर गम्भीर घाईते भएको र उनिहरुसंग आर्थिक अभाव भएका कारण  त्यस अस्पतालका स्वास्थ्यकर्मीहरुले आफै चन्दा उठाएर उपचार गरेको समाचार प्रकाशित गरेका थियौं ।

उक्त समाचार प्रकाशित भए लगत्तै देश विदेशबाट सहयोग गर्नका लागि फोन गर्नेहरुको फोन उठाई साध्ये छैन । मंगलबार विहान ति बालकहरुको बाबुको भुमिकामा सदरमुकाम तम्घासका थुप्रै युवाहरु ति बालकले उपचार गराई रहेको शैयामा पुगेका थिए ।

कसैले हजार त कसैले चार पाँच हजार खल्तीबाट निकालेर ति वालककी आमा राधिका र उनका श्रीमानलाई दिदै थिए । त्यस अस्पतालका नर्शहरु ति वालकको दिशा पिशाव सफा गर्दै थिए । मानवतामा धनी गरिव हुँदैन भन्ने उदाहरण त्यहाँ स्पष्ट देख्न पाईन्थ्यो ।

ति वालकका आमा बाबु दुवै अपाङ्ग , उनको स्यार सुसार पनि खासै गर्न नसेक्ने । घाउँले पोलेर ति रोएको रोएै छन । काँखमा राख्ने , भुलाउने तिनै नर्सहरुले गरी रहेका छन । त्यहाँ कि नर्सिङ्ग ईञ्चार्ज सबिता कौशल भन्छिन–‘ सुरुमा ल्याउँदा यी बाबुको अबस्था एकदम नाजुक थियो । यहाँ आईसियु कक्ष नभएका कारण नवजात शिशु राख्ने एउटा कोठामा लगेर राख्यौं ।

उनलाई नशा मार्फत औषधी दिनु पर्ने तर शरिर पुरै जलेकोले  नशा पत्ता लगाउन गाह्रो भए पछि नाकबाट औषधी दियौं । हामी आत्मै देखि यी बालकको  हामी बनेर दिशा पिशाव सफा गर्ने देखि सवै प्रकारको स्याहर सुसार र उपचार गर्दै आई रहेका छौं , आज यो अवस्थामा देख्दा एकदम खुशी छौं ।  यी बालकलाई यहाँ सम्म ल्याउनमा सबै डाक्टर सावहरु देखि हामी सवै नर्श स्टाफहरुको उत्तिकै भुमिका छ ।’

त्यसो भए बिहे नभई आमा बन्नु भयो है ? भन्ने प्रश्नमा कौशलले लजाउँदै भनिन–‘ हो हामी सबै  उनको  आमा बनेकै हो । ’ बिहान सहयोग गर्न जाने युवाहरुले पनि धर्म बाबुको भुमिका निभाई रहेका थिए । सन्तान जन्माएर मात्रै बाबु आमा बनिदैन भन्ने उदाहरण थियो त्यो । कसैले त खल्तीमा बिहानीको चिया पिउने दश–बिस रुपैयाँ मात्रै निकालेर दिदै थिए ।

तम्घास भिमचोकका झविन्द्र पाण्डे भन्छन–‘ अहिले विहानै उठरे त्यो न्युज हेरे, मलाई चिया पिउन मन लागेन । जुरुक्क उठेर अस्पतालमा आएँ । बालक रहेको ठाउँमा पुगेर मेरो खल्तीमा जति पैसा थियो उति  दिएर आएँ ।’  तम्घासको उदिनढुङ्गा स्थित न्यु कालिका होटलका मालिक सागर कार्की, राम मेडिकल हलका मालिक, गोपाल खत्री , कृष्ण खत्री लगायतका युवाहरु सहयोगका लागि लामबद्ध थिए ।

उनिहरु आफुले मात्र सहयोग नगरी अरुलाई पनि सहयोगका लागि अपिल गर्ने अभियान सामाजिक सञ्जालबाट चलाउँछौै भन्दै थिए । सहयोग गरेको प्रति त्यस अस्पतालका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीले धन्यवाद  दिए । उनले भने अहिले सम्म हामी स्टाफहरुले मात्रै चन्दा उठाएर बालकलाई यहाँ सम्म ल्याएका थियौ, अब मिडियाका सहायताले अरुले पनि सहयोग गर्न थालेकोमा धन्यवाद दिन्छौं । ’

उनले सुखत मुद्रमा थपे–‘ सुरुमा नाकबाट औषधी दिनु पर्ने यी बालकले अहिले खान खाँदा मासु माग्न थालेका छन अब उनलाई बिहान बेलुका दुबै छाक मासु दिने निर्णय हामी सवै डाक्टरहरुले गरेका छौं । साउन ८ गतेका दिन घरको तलाबाट खसेर अगेनामा पकाउँदै गरेको दालको भाँडामा खसेका बालक परिवारका सदस्य बाहिर हुँदा धेरै बेर त्यही तातो दालमा डुबेर बेहाल जलेका थिए ।

पछाडीको शरिर सुरुमा मिडियामा देखाउनै नसक्ने थियो । छिमेकी संग हार गुहार गरेर बाटो खर्च बनाई त्यस अस्पतालमा आएका  थिए । आईसियु कक्षको अभावमा ति बालकलाई पाल्पा रिफर गरिएको थियो । उनका दुवै अपाङ्ग बाबु आमाले हामी संग एक रुपैयाँ पैसा छैन कसरी जाउँ भने पछि त्यसै अस्पतालमा बैकल्पीक आईसियु कक्षका रुपमा बेग्लै कोठामा  तातो बाफ दिने हिटर लगायतको ब्यबस्था गरेर जोखिम मोल्दै त्यहाँका स्वास्थ्यकर्मीहरुले सके सम्म बचाउने जिम्मा लिएका थिए ।

‘यदि यस क्रममा ति बालकको अप्रिय घटना घटेको भए कतिपयले उक्साएर डाक्टरको लापर्वाहीले भन्दै आन्दोलनको आगो बाल्ने थिए, –सहयोग गर्न जाने मध्येका सागर कार्कीले भने–‘ यस्तो जोखिम मोल्ने स्वास्थ्यकर्मीहरु देशैभरका उदाहरणका पात्र हुन ।’

ति परिबारको सम्पत्तीको नाममा सानो झुपटी छ । तिन महिना खान पुग्ने जमिन छैन । घरमा बृद्धा आमाको मजदुरीको भरमा चुलो बल्ने गरेको छ ।  उनिहरुलाई सहयोग गर्न चाहने महानुभावले उनिहरुको मोबाईल नम्वर ९८०५४८९२०२ मा सम्पर्क राख्न सक्नु हुने छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली