<p><b>प्रेम सुनार | साउन ३०, बुटवल। </b>पश्चिम रुकुममा एक ब्यक्तिले आफ्नै छोरा र भाईको खुर्बाले काटेर निर्मम हत्या गरेका छन । त्यहाँको मुसीकोट नगरपालिमा वडा नम्वर १४ छिवाङ्गका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुर्पा ( दाउरा घाँस गर्ने ) धारिलो हतियारले गर्धनमा छिनेर हाज विहान करिव ६ वजेको समयमा हत्या गरेका हुन ।<br></p><p>त्यस जिल्लाका प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार उनले खुकुरी प्रहार गरी अन्य दुई छोराहरुलाई र आफु समेत आफैले आफैलाई खुर्पा प्रहार गरेर घाईते भएका छन । आफु सहित तिन घाईते मध्ये एक छोराको अवस्था गम्भिर छ ।</p><p>एक छोरा र भाईलाई हत्या गरी अन्य दुई छोराहरुलाई गम्भीर घाईते बनाई सके पछि निजले आफुले आत्मा हत्या गर्ने गरी आफैलाइ घरेलु हतियारले प्रहार गरी घाईते भई रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । श्रीमति पँधेरोमा पानी लिन गएको बेला गरियोको त्यस हत्याका क्रममा निजले श्रीमतिलाई भने केहि नगर्ने बताएको डिएसपी खड्काको भनाई छ ।</p>
August 15, 2018
काठमाडौँ - KTM, पश्चिमी रुकुम - RKM, समाज
आफ्नै ६ वर्षिय छोरा र भाईको खुर्बाले काटेर हत्या, आफुसहित २ छोरा गम्भिर
By kit
3 मिनेट पढाइ










