२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डरलाग्दो ५ घटना: महिलालाई जलाउनेदेखि पानीमा विषसम्म मिसाउनेसम्म

२०७५, ३१ श्रावण बिहीबार ११:३३

प्रेम सुनार । साउन–३१,  गुल्मी। लामो समय देखि गुल्मीकी एक महिलालले अज्ञात ब्यक्तिबाट डर लाग्दो ज्यादती खेप्दै आएकी छन । रेसुङ्गा नगरपालिका वडा नम्वर–१० । सिमिचौकी ३३ बर्षिया गोमा पाण्डेले २०६२ साल देखि गएरातीसम्म पटक पटक ज्यानै लिने गरी अज्ञात ब्यक्तिको ज्यादती खेप्दै आएकी हुन् ।


२०५८ सालमा उनको छिमेक नजिकै पर्ने अर्घाखाँचीको काउलेबाट विवाह भएको थियो । त्यसको चार बर्षपछिबाट पटक पटक उनिमाथी अज्ञात ब्यक्तिले ज्यादती गर्दै आएको छ । हरेक घटनाको प्रकृति हेर्दा ज्यादती गर्ने ब्यक्ति एउटा मात्र देखिन्छ ।

गत ६ वर्ष देखि दुवईमा कार्यरत रहेका र  बर्षेनी घर आवत जावत गरी रहेका उनका श्रीमान गणेश पाण्डे विवाह गर्ने ताका भारतमा काम गर्थे । विवाह पछि उनि पनि   श्रीमानसंगै भारतमा गएर बसुञ्जेलसम्म कसैले केहि गरेको थिएन । जब घर आईन तब सुरु भयो ज्यादती ।

घटना नम्वर १– २०६२ सालमा उनि सुत्ने कोठामा अज्ञात ब्यक्तिले आगो लगाई दियो । संयोगले त्यस दिन माईती गएको बेला परेकोले उनि बाँचेकी थिईन । तर उनको कोठाको हजारौं मुल्य बरबरको सामग्री जलेर नष्ट भयो । प्रहरीकहाँ उनि अनुसन्धान गरी पाउँ भनि आईन । प्रहरी घटना स्थलमा पुग्यो तर पत्ता लगाउन सकेन ।

घटना नम्वर–२– फेरी २०६५ सालमा उनको घरको गाग्री र ताउलाको पानीमा विष राखी दियो । ताउलाको पानी खान साथ भैसी मर्यो । त्यो थाह पाएपछि उनले  गाग्रीको पानी प्रयोग नगरेर बँचिन । त्यति बेला पनि प्रहरीमा उजुरीका नाममा उजुरी मात्रै हुन पुग्यो ।

घटना नम्वर–३ – २०६९ सालमा उनको पाँच सय लिटरको पानी ट्याङकस् धारिलो हतियारले धुजाधुजा पारे फुटाई दियो ।  त्यति वेला पनि प्रहरी आयो गयो मात्रै । उजुरीका लागि प्रहरीमा आउनु धाउनु मात्रैको सास्तीमा परिन उनि ।

घटना नम्वर ४–  २०७४ साल जेठमा उनको गोठ आगो लगाएर जलाईयो । पुरै नष्ट भयो । दुई वटा बाख्रा जलेर मरे । गोमाको अनुहार पनि जल्यो । त्यस लगत्तै उनको घरको पाँच सय लिटर पानी ट्याङकी हँसियाले धुजाधुजा पारेर फुटाईयो । त्यति वेला पनि प्रहरी गयो आयो मात्रै ।

घटना नम्वर ५–  गएराती फेरी उनको हजार लिटरको पानी ट्याङकी जलाएर नष्ट पारिएको छ ।  अहिले उनि रुँदै जिल्ला प्रहरी कार्यालयमा आएकी छन । एउटै महिलालाई पाँच पटकसम्म ज्यान लिने नियतसम्म अन्य दर्जनौ पटक अन्य क्षति र हिंसाका घटना भई रहँदा प्रहरीले हालसम्म किन यस्तो वेवास्त गर्योयो एउटा छलफल बहसको बिषय बन्लानै । यो पछिल्लो घटनाले अब प्रहरी प्रति सवैको ध्यान जाने भएको छ ।

उनका ति आँशु प्रति अब होला प्रहरी गम्भीर ?

उनि भक्कानिदै  प्रहरीमा पटक पटक भोगेका ज्यादती ब्यक्त गर्दै थिईन । त्यति बेला एक जना प्रहरी अधिकारी भन्दै थिए मान्छे पत्ता लगाउन तपाईहरुले नै सहयोग गर्नु पर्छ । उनि रुँदै भन्छिन–‘म पटक पटकका घटनामा प्रहरी कहाँ आएर आफु सुरक्षित हुन नसकेको निवदेन गरे  । तर, म सुरक्षित हुन सकिन ।’

अक्षर नचिनुन भनेर  बायाँ हातले लेखे जस्तो लाग्ने एउटा पत्र लेखेर उनको घरमा फालिएको छ । त्यसमा विदेशमा रहेका उनका श्रीमान  पाण्डेलाई उक्साउने र घर फुटाउने नियतका साथ उनको चरित्र हत्या गरिएको छ । तेरी स्वास्नीले दुई तिन वटा गर्भ फाली सकि भनेर लेखिएको छ ।

गत वर्ष  श्रीमान आउँदा रातीमा त्यो कागज फालिएको थियो उनले रुँदै भनिन श्रीमान घर आउँदा लेखेको त्यो पत्रमा मेरा दुई छोरा छोरी मारेर फाली दिने धम्की समेत दिईएको छ । यी त भए ठुला घटना मात्रै । २०६२ देखि पटक पटक उनका घर वरी परी साना तिन क्षति ति अज्ञात ब्यक्तिले गर्दै आएका छन ।

कहिले खानेपानीको पाईप काटी दिने , कहिले भित्ते लेखन गरेर उनको चरित्र हत्या गरी दिने । यावद ज्यादती सहँदै आएकी उनि अहिले यो पछिल्लो घटनाले घरबाटै विस्थापित हुने अवस्थामा पुगेकी छन । त्यस पत्रमा उनले आश्था राख्ने पार्टी नेपाली कांग्रेसलाई समेत ईङ्गित गर्दै भनिएको छ तेरी स्वास्नी कांग्रेसकी नेता हुँ भन्दै हिड्छे ।

उनि थप्छीन –‘ उसले मेरो जुन सुकै क्रियाक्लव थाह पाउँछ ।  म मेरो घर भित्र जे खाएकी छु, जे लगाएकी छु , जहाँ हिडेकी छु, सबै सबै कुरा थाह पाउँछ । जुन कुरा उसले सधै कागजको पानामा लेखेर घरको दलान वा भित्तामा लेखेर बताई दिन्छ ।

कसै माथी शंका छ भन्ने प्रश्नमा उनले भन्छिन मेरो कसै संग पनि झगडा परेको छैन । देख्ने गरी मेरा दुश्मन पनि छैनन । कसै संग फोनका केहि केरा पनि हुन्न शंका गर्ने खालका मान्छे छिमेकमा देख्दिँन । बिबहा पुर्व तपाईलाई कसैले एक तर्फी प्रेम गरेको पो थियो र यसो गर्दै छ कि 

?  भन्ने अर्को जिज्ञाषामा उनले भनिन खै मलाई कसैले त्यसो भनेको थिएन क्यारे मलाई केहि थाह भएन ।

त्यस पत्रमा पार्टीको नाम जोडिए पछि नेपाली कांग्रेस रेसुङ्ग नगर सभापति छबि पाण्डे पनि प्रहरीमा पुगेका छन ।   उनि भन्छन–‘२०६२ साल देखि  सदरमुकामको त्यति नजिक र यति धेरै डर लाग्दा घटना घट्दा पनि प्रहरीले अनुसन्धानमा गम्भीता नदेखाउनु विडम्वनाको कुरा हो , यस्तै हो भने यी महिला र उनका सन्तान थप असुरक्षित हुने देखिन्छ । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयकोे ध्यानकृष्ट गराउँदा प्रवक्ता रोशन खड्काले आफुले भर्खर थाह पाउन साथ प्रहरीको टोली घटना स्थलमा पठाएको र त्यसबारे अब गम्भीर अनुसन्धान हुने बताए । उनको घर संग जोडिएको सासु ससुरा बस्ने  बुढो घर छ । जहाँ सासु ससुरा मात्रै बस्छन ।  जेठाजु सधै जसो भारतमा बस्छन । जेठानी दिदी भारतमा गएको ६ महिना भयो । सासु ससुरा संग बोल चाल राम्रै छ । तर आवज जावत भने नभएको उनले बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस