Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँबाट जाजरकोट जाँदै गरेको बसमा एक व्यक्ति मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ४, सुर्खेत ।</b> काठमाडौँबाट जाजरकोट जाँदै गरेको ना.४.ख ८१२० नंको बसमा आज एक व्यक्ति मृत फेला परेका छन् । मृतक आठबिसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।</p><p>बोहोरा आज बिहान ११ बजे गुर्भाकोट नगरपालिका–९ स्थित बसबाट झरेर त्यही नजिकको चिसापानी हाइवे होटलमा शौच गरी फर्केर पुनः गाडीमा बस्दा सिटमा मृतावस्थामा भेटिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।&nbsp;</p><p>उहाँका अनुसार मृत्युको कारणबारे अनुसन्धान टोलीबाट बुझ्दा उनी लामो समयदेखि बिरामी अवस्थाबाट सुधार नभएको र फिर्ता हुने क्रममा मृत्यु भएको थियो ।&nbsp; रासस</p>