प्रेम सुनार, भदौ–५, गुल्मी । पुराना र चर्चित गायक सौगात सागर ( सुनार ) केटी काण्डमा फँसेका छन । उनलाई एक युवतीले साईवर क्राईम अपराध विरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाण्डौं टेकुमा दिए पछि ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

‘टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उहाँलाई फोन ग¥यौं’–वुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–उहाँ सजिलै आउनु भयो र हामीले अपराध महाशाखामा पठाएका छौं । ’

उनी तिमी फुल्यौं कतै म फुले कतै, जहाँ फुले पनि हाम्रो सुघन्ध एउटै रहेछ, नजलाउँ ब्यर्थै मन जस्ता लोकप्रिय गीत गाएर चर्चामा रहेका छन् । उनि जनवादी गायक पनि हुन् ।

August 21, 2018
काठमाडौँ - KTM, गुल्मी - GLM, समाज
गायक सौगात सागर केटी काण्डमा समातिए
By साझासवाल
2 मिनेट पढाइ