२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला बलात्कार पछी हत्या प्रकरणः पक्राउ परेका विष्ट ‘निर्दोष’

६ भाद्र २०७५, बुधबार ०१:५४

भदौ ६, कञ्चनपुर । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

‘तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।’ महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् ‘मानसिक सन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने केही नभएकाले प्रहरीले उसलाई फसायो ।’

उनी मात्रै नभइ नजिकबाट दिलीपलाई बुझेका गाउँले मानसिक सन्तुलन गुमाएका निर्दोष दिलीपलाई निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप लगाएकोमा स्तब्ध देखिन्थे । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छ ।

महिला नजिक जान पनि लजाउने, सबैसँग डराउने र अहिलेसम्म कुनै महिलाप्रति कुदृष्टि नलगाएका दिलीपले निर्मलाको बलात्कारपछि हत्या गरेको हुनै नसक्ने अर्की छिमेकी वृद्धा लक्ष्मीदेवी विष्टले बताइन् ।

‘खानेकुरा दिँदा पनि हातबाट नसमातेर भुइँमै राख्न भन्थ्यो उनले भनिन् ।’ वास्तविक हत्यारा बचाउन मानसिक सन्तुलन गुमाएका दिलीपलाई फसाएको स्थानीय रामसिंह विष्ट बताउँछन् ।

झिसमिसेमै दूध बेच्न जाने महिला देख्दा पनि दिलीपले बाटो छाडेर हिँड्ने गरेको सोही गाउँकी सीतादेवी थापाले बताइन् ।

दिलीपका ८२ बर्षीय बुबा कमलसिंह विष्ट मानसिक सन्तुलन गुमाएका छोरालाई झुटो आरोप लगाएर फसाएकोमा चिन्तित थिए ।

प्रहरी कार्यालयमा छोरा भेटेर फर्कंदै गरेका कमलसिंहले भने, ‘मेरो छोराले मानसिक सन्तुलन गुमाएको छ, उसले कसैको केही बिगार्दैनथ्यो ।’ सानोमा पढाइमा अब्बल रहेको छोरा कक्षा ९ मा पढ्ने बेला कुटाइ खाएपछि मानसिक सन्तुलन गुमाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो