2026-10-29 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देवानी संहिताको पहिलो प्रयोगः पुरुषले दिए सम्वन्ध विच्छेदको मुद्धा

 प्रेम सुनार, भदौ ६, बुटवल । बागलुङमा आफु खुशी माईत बस्ने , सरसल्लाह र सम्पर्कमा नआई सताउँदै आएकी एक महिला संग पिडित भएको भन्दै एक जना पुरुले सम्वन्ध विच्छेदको मुद्धा अदालतमा दिएका छन ।  बागलुङ नगरपालिका वडा नं ८ बस्ने जित बहादुर थापाले आफ्नी श्रीमती संग सम्वन्ध विच्छेद गरी पाउँ भनि मुद्धा दिएका हुन । आफुलाई ४ वर्ष भन्दा बढि समय देखि  जानकारी नदिई आफु खुसी बसेको, बोलाउदा नआएको भन्दै बागलुङ जिल्ला अदातलमा सम्वन्ध विच्छेद मुद्दा दर्ता गराउन आएको उनले बताए । 

आफु हाल विदेशमा भएको, नेपालमा जागीर हुदाँ पनि श्रीमतीको कारणले जागीर छाड्नु परेको ।  श्रीमतीले घर तथा ब्यवहार नहेरी आफुखुसी बस्दै आएकीले अन्यायमा परी सम्वन्ध विच्छेद मुद्दा दर्ता गरेको मुद्धामा उल्लेख गरिएको अदालत श्रोतले जनाकएको छ ।  

नयाँ मुलुकी संहिता लागु भए पछि पुरुषले पनि सिधै अदालतमा गएर श्रीमती उपर सम्वन्ध विच्छदेको मुद्दा दर्ता गर्न पाउने अधिकारको ब्यवस्था भए सँगै जिल्ला अदालत बागलुङमा आई सम्वन्ध विच्छेदको मुद्दा दर्ता गरेको यो नै पहिलो मुद्दा हो । 

यस अघि सिधै अदालतमा आई मुद्वा दर्ता कानूनी ब्यवस्था थिएन । मुलुकी देवानी (संहिता)  २०७४ को दफा ९४ क र ख का आधारमा जित बहादुरले यो मुद्दा दर्ता गरेका हुन ।

अधिवक्ता राम शर्माले बागलुङ जिल्लामा श्रीमानले श्रीमतीलाई सिधै अदालतमा आई सम्वन्ध विच्छेद मुद्दा दर्ता गरेको यो पहिलो घटना भएको र कानूनमा भएको ब्यवस्था अनुसार पुरुषले पनि सम्वन्ध विच्छेद गर्न अदालतमा जाने अधिकार भएकाले यो मुद्दा आफुले लेखेको बताए ।

२०७५ भदौ १ गते देखि नयाँ कानून मुलुकी संहिता ऐन, कार्यविधी, मुलुकी फौजदारी संहिता ऐन तथा कार्यविधी लागु भए पश्चात जिल्ला अदालत बागलुङमा दर्ता भएको पहिलो मुद्दा भएकाले जिल्ला अदालत बागलुङका न्यायाधीश प्रकाश प्रसाद पण्डित र श्रेस्तेदार राम बहादुर थापाले फुल तथा अवीरले स्वागत गरेका थिए।

 देवानी र फौजदारी संहिता लागु भए पश्चात बागलुङमा मुद्दा परेका थिएनन । यो सम्वन्ध विच्छेद मुद्दा सगै बागलुङ नगरपालिका वडा नं २ का व्यवसायी उमेश केसीले चेक अनादर मुद्दा पनि दर्ता गराएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ