प्रेम सुनार | भदौ ७, बुटवल । नेपालका चाहे ति पाहड हुन, चाहे तराई र हिमाल हेरौ सवै लोभलाग्दो दृश्यले मनमहोक छन । केहि स्थानहरुमा त राज्यले पर्यटकिय विकास गरेर संसार भरका मान्छे ओईरिन थालेका छन तर त्यस्ता धेरै मनोरम स्थलहरु अझै पनि ओझेलमा छन । तिनै मध्येको एक हिमाली जिल्ला वाजुरा ।
वाजुराका सुन्दर पहाडहरुको शव्दमा ब्याख्या गर्न साहित्यकारले नै बढि सक्लान । अझ समुन्द्री सतह देखि त्यहाँको बडिमालिका माताको मन्दिर रहेको चार हजार २ सय १६ मिटर ईचाईमा पुग्दा त त्यहाँको वर्णन गर्दै केहि लेखौं जस्तो भान हुन्छ । विशेषगरी बाजुरा ,बझांग, अछाम, डोटी, डँडेलधुरा, बैतडी, कालिकोट,हुम्लाको सदियौ देखि आश्थाको केन्द्र मानिने बडिमालिका माताको मन्दिरमा छिमेकी जिल्ला भारत, त्यहाको वारेमा बुझेका केहि विदेशी र स्वदेशका विभिन्न स्थानबाट पनि तीर्थालु पुग्ने गर्दछन् ।
हरेक वर्षको जनैपुर्णीमा देखि लाग्ने त्यस मन्दिरको मोला भर्न ताती लाग्दै मानिसहरु उकालो लागेको दृश्य थप रमाणिय लाग्छ । बढो रमाईलो गदै साता दिनका दिन मानिसहरु झरी वादल, घाम पानी र चिसो मौसम नभनी त्यहाँ पुग्छन । सात दिन सम्म हिड्दा थकाई लागे पनि माथी टापुमा पुग्दा थकार्ई नै मर्छ । यति वेला बडिमालिका जानेहरूको लस्करले यतिखेर मालिका पुग्ने पहाडका बाटोहरू रंगीबिरंगी देखिएका छन् ।
स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सत्यदेवी होमिएर देहत्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर हिँड्दा मल्लागिरी पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवी उत्पत्ति भएको र पछि त्यही बडिमालिकाका रूपमा स्थापित भएको मान्यता छ । अन्य समयमा प्रायः सुनसान हुने त्यस मनोरम स्थानमा हिड्दै हेर्दै टोपी खस्ने ठाडो भीर छिचोल्नु पर्छ । पुराउन सकिने पाहड सम्म मोटरबाटो पुराउन र ब्यापक प्रचार गर्न सके वाह्रै महिना संसार भरीका मानिसहरुको बार्है महिना भिड लाग्ने दुर्गमवासी वाजुरेलीहरु सुगम र समृद्धि तर्फ लम्कीने थिए कि ?