२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोहर व्यवस्थापन गर्न सहकार्य आवश्यक

२०७५, ८ भाद्र शुक्रबार ११:१०

भदौ ८, काठमाडौँ | काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रहेकाले व्यवस्थापनका लागि सम्बन्धित निकाय सहकार्यको साथ लाग्नुपर्ने सरोकारवालाले बताएका छन् । उपत्यकामा बाहिरबाट ल्याइने तरकारी र मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण वक्ताले बताएका हुन् । 

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले काठमाडौँ उपत्यका आफँै फोहर नभएको भन्दै उपत्यका बाहिरबाट आयात गरिने खाद्यानको सामग्री नै फोहरको मुख्य कारण रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “बाहिरको फोहर बाहिर नै जिल्लामा व्यवस्थापनको शुरुआत गर्नुपर्छ, काठमाडौँमा फोहर व्यवस्थापन गर्ने स्थान छैन । त्यस विषयमा सम्बन्ध भएका सबै निकायले सोच्न आवश्यकता भइसकेको छ ।” 

मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालले नेपाल वातावरणीय व्यवस्थापनको हिसाबले विश्वकै तल्लोस्तरको मुलुकमा पर्ने भन्दै यसलाई सुधार गर्नका लागि नीति निर्माता र नीति कार्यान्वयन गर्ने पक्षको सहकार्यको आवश्यकता औँल्याउनुभयो । अधिवक्ता पदमबहादुर श्रेष्ठले वातावरण व्यवस्थापनसम्बन्धी कानून कार्यान्वयनका लागि मन्त्रालय र विभागबीच समन्वय नहुँदा समस्या भएको भन्दै आगामी दिनमा समन्वयात्मक भूमिका निर्वाह गर्न दुवै निकायलाई आग्रह गर्नुभयो । 

उपत्यकाबाट दैनिक एक हजार २०० र काठमाडौँ महानगरपालिकाबाट दैनिक ५०० मेट्रिक टन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । विभागका करीब २५ कर्मचारीलाई तालीम दिइएको हो । केही समयअघि ने काठमाडौँ महानगरपालिकाले मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन गर्ने र खानयोग्य मात्रै आयात गर्ने भने पनि हालसम्म पनि उक्त विषय अभ्यासमा आउन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ